Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उद्योगहरुमा कोभिड असर कम हुँदै भगएको अध्ययनले देखाएको छ । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले शुक्रबार सार्वजनिक गरेको पहिलो ‘आद्योगिक अवस्थिति प्रतिवेदन’ ले यस्तो निष्कर्ष निकालेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ रहेको बढेको…
काठमाडौँ: काठमाडौँको टोखास्थित अरुण थापाको घरबाट सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सामानहरु चोरो गर्ने दोलखाका १८ वर्षीय प्रिन्स श्रेष्ठ, चोरीका सामान विक्री गर्ने नुवाकोटका २३ वर्षीय बिबेक पण्डित र चोरीको सामान खरिद गर्ने तनहुँका ३७ वर्षीय विजय बिक रहेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले गत असोज १ गते चोरी भएको घटनाको अनुसन्धानका क्रममा शुक्रबार उनीहरुका काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले चोरी भएको उक्त सुन तथा हिराका गरगहना र ल्यापटप समेत बरामद भएको जनाएको छ ।
काठमाडौँ: अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले शुक्रबार अवहेलाना गरेको भन्दै दायर रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको हो । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य दिएका थिए । सोही वक्तव्यले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।
काठमाडौँ: नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो । प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ । आफूलाई एमालेले नेपाली कम्युनिष्टको मुख्यधारा भएको र एकता चाहने पार्टी भएको विश्लेषण गरिएको छ । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाविधेशन सुरु भएको हो । तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेको छ भने महासचिब ईश्वर पोखरेलले…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ११३ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २५५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ: सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।
काठमाडौँ: नेकपा एमालेको जारी विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका छन् । नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । पौडेलको प्रस्ताव हलले ताली पिटेर पारित गरेको छ ।
काठमाडौँ: न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा सर्वसाधारणले असोज १९…
काठमाडौँ: भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २…
काठमाडौँ: नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो। एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ। महाधिवेशनमा देशैभरबाट गरी करिब ६ हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ। हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो।
