Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नारायण अधिकारी चितवन, १३ असोज (रासस) : सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ ।” सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा…
काठमाडौँ: नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन । उनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ । उनी चार वर्षअघि पनि उपचारको लागी लामो समय थाइल्याण्ड गएर बसेका थिए । पछि उनको स्वास्थ्यमा सुधार आएको थियो । ज्वरो आउने ,वान्ता आउनेजस्तो समस्या नरोकिएपछि उनको सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, निको नभएपछि उनलाई बैंककस्थित समितिभेज अस्पताल लगिएको हो । पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए । नेता पुनसंगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी…
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गरेका थिए । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुदै आएको छ । आइतबारको बैठकमा दलहरुबीच चाँडै मन्त्रिपरिषद…
काठमाडौँ: युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह ‘ए’ को खेलमा पिएसजीले सिटीलाई २-० गोलले पराजित गरेको हो। पिएसजीको जितमा इड्रिसा गे र लिओनल मेसीले गोल गरे। इड्रिसाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। ७४ मिनेटमा मेसीले पिएसजीको अग्रता दिलाए। केलियन एमबाप्पेको पासमा मेसीले गोल गरेका थिए। यसअघिका तीन खेलमा गोल गर्न नसकेका मेसीले पिएसजीका लागि पहिलो गोल गरेका हुन्। यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका मेसीले सुरुवाती खेलमा गोल तथा एसिस्ट गर्न असफल भएका थिए। खेलमा सिटीका रहित स्टर्लिङको हेडर बारमा लागेको थियो। यस्तै…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक/दुई स्थानमा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आंशिक बदली भनेको थोरैजसो आकाशमा बादल लाग्नु र धेरैजसो भागमा नलाग्नु हो भने सामान्य बदली भनेको थोरै मात्र आकाश खुला रहनु अर्थात् धेरैजसो आकाश बादलले ढाक्नु हो। मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि बुझ्नुपर्छ) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिकदेखि…
परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटको पेसी आज काठमाडौँ:परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज (बुधबार) पेसी तोकिएको छ । नियुक्तीको एक सातापछि मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन् । शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न-नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन शपथ ग्रहण गरी…
काठमाडौँ: नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको दश बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो । बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायबारे छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए । उनले भने, ‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरु समाधानका…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बजारको सुनिश्चितताका आधारमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने बताउनुभएको छ । डिमान्ड शुल्क बढाउने प्रस्ताव अगाडि नबढाउन तथा विगत लामो समयदेखि रोकिएको पिपिए खुलाउन माग गर्दै आज ऊर्जा मन्त्रालय पुगेको उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डललाई उहाँले माग र आपूर्तिको सन्तुलन अध्ययन गरेरमात्र सम्झौतलाई अगाडि बढाउने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “वस्तुगत आधार तयार नभइ पिपिए गर्ने अवस्था छैन ।” जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानी सकारात्मक रहेको उल्लेख गर्दै उहाँले उद्योग वाणिज्य महासङ्घले आयोजना निर्माण गर्ने विषयमा हामी सकारात्मक छौँ ।” मन्त्री भुसालले बढी विजुली खपत गर्ने उद्योग स्थापना गर्न र त्यस्ता उद्योगलाई…
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै कानूनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको उनले जानकारी दिए । कानून नबनाइ सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न/नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ । नेपालको संविधानको सपथसम्बन्धी व्यवस्था धारा ८० को कार्यान्वयनका लागि ‘सपथसमबन्धी अध्यादेश २०७८’ जारी भई २०७८ जेठ ६ गते प्रमाणित भई सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथसम्बन्धी कानून लागु भएकोमा संसद् अधिवेशन प्रारम्भ भएपश्चात सदनमा उक्त अध्यादेश पेस भए पनि पारित हुन नसकेको हुनाले उक्त…
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे । ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिएका थिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो । ओलीले भने, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती…
