Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बाँसबारी जग्गा प्रकरणमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ पुगेका चौधरीसँग सीआईबीले झण्डै दुई घण्टा बयान लिएको हो । बयान दिएर निस्कने क्रममा चौधरीले जग्गा प्रकरणका नाममा आफूमाथि राजनीतिकरण गरिएको बताए । उनले विगत १४० वर्षदेखि आफ्नो परिवारले मुलुकमा थुप्रै उद्योग तथा परियोजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्यो भन्नु विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए । चौधरीले कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान दिएका छन् । उनले बाँसबारी जग्गा प्रकरणमा आफू चोखो…

Read More

काठमाडौँ : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ । सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ। चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान सुरू भएको थियो। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले महरासँगको बयान आज पनि जारी रहने जानकारी दिए। महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । आज बयान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। ०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न…

Read More

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा संकल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजनका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सो बताएका हुन् । ‘निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गरेको विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकतामा कतिपय माननीयले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने विषय उठाउनु भएको थियो । यो परिस्थितिमा सरकारका नीतिहरुमा स्थीरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र…

Read More

काठमाण्डौं: अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन ।बुधबार आफूलाई भेटेर बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौं ।’ जवाफमा…

Read More

काठमाडौँ: सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार दुई जना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका दुर्गा प्रसाईंका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। काठमाडौं जिल्ला सरकारी वकिलका सहायक न्यायाधिवक्ता चन्द्र संजेलले पनि प्रसाईंका बडीगार्डहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएको बताएका थिए। त्यसमाथि अनुसन्धान गरेर मुद्दा चलाउने वा नचलाउने भन्नेबारे निर्णय हुने उनले बताए।…

Read More

काठमाडौँ: सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित उनीहरूले आफ्नो न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । तर न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प खासै नयाँ देखिँदैन । यसअघि गठबन्धन सरकार बन्दा प्रचण्डले अघि सारेका अधिकांश कार्यक्रमहरुलाई दोहोर्‍याइएको छ । फागुन २९ गते एमालेसहित पाँच राजनीतिक दलबिच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाइएको थियो । पाँच दलबिच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेपछि शीर्ष नेताबाट आवश्यक परिमार्जन गरी सार्वजनिक…

Read More

काठमाडौँ: नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सवा ९ खर्ब व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको ८ महिनाको अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको हो । नेपालले गत आवको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । नेपालले चालु आवको ८ महिनाको अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत आवको सोही अवधिमा नेपालले ११ खबै ६३ अबै १८ करोड १७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । चाल आवको फागुनसम्ममा नेपालले १० खर्ब ३०…

Read More

काठमाडौं: नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग मंगलबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोश्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे । भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे । चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए । चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘उहाँ सहकारीको सञ्चालक, लेखा, ऋण समिति लगायत कर्मचारी लगायत कुनै जिम्मेवारी र भूमिकामा नरहेको। अदालतमा विचाराधिन मुद्दामा पनि उहाँ जोडिएको देखिँदैन,’ उनले भने। साथै, उनले लामिछानेविरुद्ध परेको जाहेरीमा पनि कुनै प्रमाण र आधार नभेटिएको दाबी गरे। ‘उक्त जाहेरिमा सहकारी हिनामिनामा मुछिएको कुनै प्रमाण र आधार छैन। यस्तो प्रमाण र आधारबिनाको जाहेरी दर्ता गर्नु आवश्यक नै हुँदैन, सामान्यतः,’ उनले भने।

Read More