Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बुधबार सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको छ। सुन प्रति तोला १ लाख १८ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा एक सय घट्दा मंगलबार सुन प्रति तोला १ लाख १९ हजार ४ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा तोलामा ६ सय बढ्दा आइतबार तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ भएको थियो। त्यसमा ३ सयको बढोत्तरीले सोमबार १ लाख १९ हजार ५ सय पुगेको थियो। चाँदी तोलाको १४ सय रुपैयाँ भएको छ। दुई दिनको स्थिरतापछि ५ रुपैयाँ घटेर मंगलबार तोलाको १४ सय १५ रुपैयाँ…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचका लागि सशस्त्र प्रहरी बल खटाइएको छ। सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली भन्सार जाँचका लागि खटाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए। उनका अनुसार सोमबारदेखि विमानस्थलमा सशस्त्र प्रहरीको टोली खटिएको छ। ‘भन्सार क्षेत्रमा साबिकमा प्राइभेट कम्पनीका गार्डहरूले काम गर्थे। अहिले सशस्त्र प्रहरीको तर्फबाट चेकिङको काम थालेका हुन्,’ पाण्डेले भने। अर्थ मन्त्रालयले पुस १७ गते विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीलाई खटाउन भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। अर्थको मन्त्रीस्तरीय अनुरोधपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेका थिए। अहिले खटिएको सशस्त्रको…

Read More

काठमाडौँ: यही माघ १ गतेदेखि काठमाडौँमा पुनः वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुद्ध भएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार साँझ अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो। खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ। गएको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारबाट मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका थिए। मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ। खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाई अपिल गरेको छ। ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । यस्तै, समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स सम्बन्धी अहिलेसम्म भएका अध्ययन, विभागहरूको रिपोर्ट लगायत विषय पनि छलफलका एजेण्डा छन् । बैठकमा दुईसाताअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको नारायणगढ–बुटवल ११३ किलोमिटरको विकास आयोजना पदयात्राका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै आगामी दिनमा गर्न लागिएको विकास आयोजना पदयात्राका बारे कुराकानी हुनेछ ।

Read More

काठमाडौँ: त्रिशूलीमा गाडी खसेको आशंकामा खोजी गरेको चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको छ। बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट BR 09GC1430 को बोलेरो जिप फेला परेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन। अझै खोजी कार्य जारी छ। ‘रोकेको अवस्थामा खसेको हो या मानिससहित दुर्घटना भएको हो भन्ने खोजी हुँदैछ,’ प्रवक्ता भण्डारीले भने। मंगलबार बिहान ४ बजेर ५० मिनेट गएको समयमा इच्छाकामना–५ तीन नम्बर पुलबाट…

Read More

काठमाडौँ । मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् । सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले जानकारी दिए । जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका प्रमुख अन्सारीले भने, ‘सोमबारदेखि काठमाडौँको खानेपानी…

Read More

काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर…

Read More

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले सह–सचिव झलकराम अधिकारीसँग बयान लिएको छ । आइतबार अध्यागमन विभागका पूर्व महानिर्देशक अधिकारीलाई सिंहदरबार स्थित आयोगको कार्यालयमा बोलाएर बयान लिइएको आयोग स्रोतले जनाएको छ । सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शंकास्पद कुराकानी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको अनुसन्धानमा खुलेको थियो । तर, राजनीतिक शक्तिकेन्द्रको दबाबमा सिआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो…

Read More

काठमाडौँ : ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा विद्यार्थी संगठनहरूले आफ्नो सुझाव राखेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले विधेयकमाथि आइतबार आफ्नो धारणा राखेका हुन् । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेकाले त्यही आधारमा शिक्षा प्रदान गर्नुपर्ने उनीहरुको भनाइ छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए । ‘नेपालको संविधानले माध्यमिक तहसम्म पूर्ण रूपमा निःशुल्क भनेको छ । यस विषयमा सर्वोच्च अदालतले पनि ब्याख्या गरेको छ,’ उनले भने, ‘यसलाई हुबहु कायम गर्नका लागि म हार्दिक अनुरोध गर्दछु ।’ त्यस्तै शिक्षण पेसाप्रतिको आकर्षण घट्दो क्रममा रहेको भन्दै त्यसलाई लोक…

Read More

काठमाडौँ : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने जनाएको छ। उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगका प्रवक्ता सहसचिव शालिकराम पौडेलले बताए। ‘यसरी खर्च गर्दा उम्मेदवारको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनको नाम नामसहितको विवरण निर्वाचन…

Read More