Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो ।उहाँले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताउनुभएको छ ।नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरको परिपालन…
काठमाडौँ: प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले रु पाँच लाख तथा उपविजेता कोशीले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको…
काठमाडौँ: अहिले विश्वमा कोभिड-१९ को सब भेरियन्ट जेएन.१ नामक नयाँ भेरियन्टको जोखिम बढेको छ । नेपालमा अहिलेसम्म नयाँ भेरियन्टका नयाँ संक्रमित फेला नपरे पनि छिमेकी देशमा देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै…
काठमाडौँ: न्यायपरिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ। परिषद्ले बुधबार ती न्यायाधीश उच्च अदालतमा नियुक्त गर्ने निर्णय लिएको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्। परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको हो। त्यसैगरि कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीश बनाउने निर्णय न्याय परिषद्ले गरेका छ।
काठमाडौँ: ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको हो । यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । विभागको महानिर्देशकको निर्णय अनुसार उक्त म्याद २ दिन थप गरिएको हो । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षण आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर…
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।यस कार्यक्रम अन्तगर्त बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ ।यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति ब्यवस्था…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिनुभयो । बिगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेसनबाट अर्को सवस्टेशन जोड्ने…
काठमाडौं: पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् । अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ । सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं संचारमाध्यमहरुले गरिरहेको अनुभव तथा तथ्य-विश्लेषणहरुसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नदेखिएको बताएको छ । सरकारले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएको…
काठमाडौँ : राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ…
