Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको उनले बताए। रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्। प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६…

Read More

पोखरा: हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । यो सिजनको पहिलो पटक हिमपात भएको हो । हिमपातसँगै किसान खुसी भएका छन् । मुस्ताङवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास राख्छन् । हिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चल्यो । हिमपातपछि मौसमलाई ब्यालेन्स गर्छ,´ लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट भन्छन्,किसानलाई झन् राम्रो हुन्छ ।´ चिसोबाट जोगिन उनले सबैसँग आग्रह गरेका छन् । मुस्ताङवासीहरु चिसो छल्न बेसी झरिसकेका छन् । कोरला नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी मुस्ताङमै छन् । हिमपातले डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

Read More

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ । मौसमविद शान्ती कंडेलले भनिन्, ‘पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको हो ।’ यसको प्रभाव आज बेलुकादेखि कम हुँदै…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताएका छन् । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी गरे । दुबईमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो ।’ सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनले बताए । ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुपर्ने भयो’ उनले भने, ‘मूल स्टेटमेन्ट पनि यो पटक हामी माग्न आए जसरी निरीह भएर…

Read More

काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर सम्मेलन (कोप– २८) मा सहभागी भएर आज स्वदेश फकिँदै छन् । प्रधानमन्त्री दाहाल फ्लाइ दुबईको विमानमार्फत आज साँझ ६ बजे काठमाडौँ आइपुग्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनी सम्मेलनमा सहभागी हुन यही मंसिर १३ गते यूएई गएका थिए । प्रधानमन्त्री दाहालले कोप– २८ सम्मेलनलाई हिजो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको असरमा नेपालको शून्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको धारणा राखेका थिए । उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेकाले नेपालले जलवायु परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए…

Read More

सुशील दर्नाल/राससकाठमाडौँ, १७ मङ्सिर : अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवस यही मङ्सिर १७ गते ३ डिसेम्बर तारिखका दिन विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तर अपाङ्गतासम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १७ मङ्सिर : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ ।…

Read More

काठमाडौ: कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हिमाल : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ विषयको उच्चस्तरीय गोलमेज बैठकमा आफ्नो सम्बोधनसहित अध्यक्षता गरेका छन्। नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्चस्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो। बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गरेका थिए भने अन्डोराका प्रधानमन्त्री किर्गिज गणतन्त्रका बिदेशमन्त्री जीनबेक कुलुबायाव र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गरेका थिए । बैठकमा नेपाल देखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध विषय विज्ञद्वारा प्रस्तुतीकरण गरिएको छ…

Read More

काठमाडौँ:संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन्। यूएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरुलाई आह्वान गरेका हुन्। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरूलाई आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अध्यक्ष ढकालले ऊर्जा, पर्यटन,…

Read More