Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

टीकापुर (कैलाली) : कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन । जिल्लामा हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ । उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो । लम्की–खक्रौला सडकको पहिलो खण्ड लम्कीबाट आठ किलोमिटरमात्र कालोपत्र भएको छ । बाँकी दुई खण्डको कालोपत्र गर्ने सुरु नै भएको…

Read More

काठमाडौँ: चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ । सोबापत वित्तीय संस्थाले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोरिदिने भएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषका बीचमा बिहीबार द्विपक्षीय समझदारी भएको छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी तथा आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काको उपस्थितिमा सम्पन्न सो समझदारीपत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नुभयो…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६…

Read More

काठमाडौँ: उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अख्तियारको दायराभित्र निजी क्षेत्रलाई पार्न नहुने बताएका छन् । निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र पार्ने प्रास्तावसहितका कानुन संसदीय समितिमा विचाराधीन रहेको भन्दै ढकालले ती प्रस्ताव पारित भएमा निजी क्षेत्र प्रभावित हुने बाताए ।राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायराभित्र पर्ने कुराको निजी क्षेत्रका संघ संस्थाहरूले सुरुवातदेखि नै विरोध गरिरहेको जानकारी दिए । ‘निजीक्षेत्र अख्तियारको दायरामा पर्नु हुँदैन । निजी क्षेत्रलाई अख्तियारले हेर्ने भन्ने कुराको हामीले सुरुवातदेखि नै विरोध गरिरहेका छौं,’ उनले भने । निजी क्षेत्रको भ्रष्टाचार हेर्नैहुँदैन भन्ने पक्षमा भने आफ्नो धारणा नरहेको उनले बताए । निजी क्षेत्रमा हुन…

Read More

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन पनि आग्रह गरिएको छ ।

Read More

काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले छाडेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले रातोपाटीलाई बताए । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

Read More

काठमाडौँ: काठमाडौंको सुन्धारामा फूटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ । बुधवार साँझ झडपमा परी कम्तीमा ७ जना प्रहरी घाइते भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले लोकान्तरलाई जानकारी दिए । ‘उनीहरूतर्फको अवस्थाबारे थाहा भएन हाम्रा ५–७ प्रहरी घाइते भएका छन् । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । शहरमा फूटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फूटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीलाई हटाएको थियो । नियम उलंघन गरेकाले आफूहरूले उनीहरूमाथि हस्तक्षेप गरेको नगर प्रमुख पाण्डेले स्पष्ट पारे ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १७ फागुन : राष्ट्रियसभाको आजको बैठकमा छवर्षे पदावधि पूरा गरी बिदाई हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहनुभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराउनुभएको थियो ।

Read More

काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको बताए । ‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार कार्यक्रम पनि भएका छैनन् । त्यसैले भिडभाड नहोस् भन्न खोजेका थियौं’, उनले भने, ‘सडकमा जनतालाई दुःख भयो भनेपछि हटाएका छौं ।’ सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा…

Read More

काठमाडौँ: चितवनकी शालिन पोखरेल गत शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिइन्। चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनी हजुरआमाको दिदीको घर नजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन्। शालिनको आमा बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी मामाघरको हजुरआमाको साथमा रहेकी थिइन्। उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ। स्रोतका अनुसार रत्ननगर नगरपालिका १५ माधवपुरमा शालिनको मामाघर छ। मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनको दिदीको घर नजिकै रहेको उक्त विद्यालयमा भर्ना गरिदिएकी…

Read More