Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको बताएका छन्। शनिबार बिहान सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा दलको नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेपछि निर्णय गर्ने बताए। ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो’, उनले भने, ‘प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’ माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री: ३ करोडभन्दा कमका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै…

Read More

काठमाडौं: काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट चोरी भएको शिशुको उद्धार भएको छ। शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो। काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार प्रहरीले ती शिशुलाई गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको हो। शिशु चोरी गर्ने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…

Read More

आन्दोलन चर्काउँदै, दवावमा सरकार काठमाडौँ । बैंक तथा वित्तीय कम्पनीहरु माथिको चौतर्फी प्रहार अझै रोकिएको छैन । खासगरी आर्थिक मन्दीका कारण ऋणीहरुले बैंक तथा वित्त कम्पनीहरुको सावाँ ब्याज (किस्ता) बुझाउन नसक्दा उठेको आक्रोश अहिलेसम्म मत्थर हुन नसकेको हो । ‘मिटरब्याजी, बैंकको पैसा तिर्दैनौँ, तिर्नुपर्दैन’ अभियानसहित सुरु गरिएको बैंक तथा वित्त कम्पनीविरुद्धको आन्दोलनले बैंकहरु हैरान भएका छन् । विभिन्न बहानामा ऋणीहरुको आन्दोलनका कारण लघुवित्त वित्तीय संस्था अझ बढी प्रताडित छन् । बैंक तथा वित्तीय संस्थाहरुमाथि योजनाबद्ध रुपमा आक्रमण भइरहेकाले गम्भीर चिन्ता थपेको बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)को भनाइ छ । सीबीफिनका अनुसार बैंक तथा वित्तीय क्षेत्रमाथिको प्रहार केवल संस्थामाथिको प्रहारमात्र…

Read More

काठमाडौँ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् । उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले उद्धारका माग गर्दै निवेदन परेको बताए । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भएका हुन् । रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । सरकारले भने हालसम्म १० जनाको…

Read More

काठमाडौँ, ११ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उहाँले बैठक स्थगित गर्नुभएको हो ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ११ फागुन : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले उठेर विरोध जनाउनुभएको छ । सभामुख देवराज घिमिरेले बारम्बार यथास्थानका बस्न बारम्बार आग्रह गरे पनि एमाले सांसदले उठेर नाराबाजी गर्न थालेपछि बैठक केहीबेर प्रभावित बन्यो । बैठकमा सांसद केसीले सदन सत्तापक्षको मात्र नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै प्रतिपक्षी पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो । “महासमिति बैठकका कारण कांग्रेसका सांसदको सङ्ख्या कम थियो, तर हामी बैठकमा बसिरहेका थियौँ, प्रतिपक्षीबाट जानाजान विधेयकलाई असफल पार्ने काम…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ११ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।

Read More

काठमाडौँ: कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो। त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ। ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्। दरखास्त शुल्क विभिन्न पदअनुसार…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई देशबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो । विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले…

Read More