Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् । नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो । दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको…

Read More

काठमाडौँ: वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालु आर्थिक बर्षका लागि तोकिएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरवाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको छ । आफैले कार्यान्वयन गर्छु भनेर बार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज किन त्यसो भएको हो, स्पष्ट विवरण पेश गर्न कार्यकारी निर्देशक नवराज ढकाललाई निर्देशन दिनुभयो । मन्त्रालयमा आज आयोजित सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले आर्थिक बर्ष सकिन एकाध महिना बाँकी हुँदासम्म तोकिएका काम प्रक्रियामा रहेको, माग संकलन गरिरहेको भन्ने जस्ता विवरण पेश गर्ने केन्द्रको तरिका…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको डिपोजिट सुरक्षित रहेको जनाएको छ । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न सकिन्न, आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सवै क्षेत्रमा समान अवसर र पंहूचले मात्र सामाजिक न्यायको अनुभुती हुने भएकाले हाम्रो साझा प्रयास र प्रतिवद्धता निकै महत्वपूर्ण छ औंल्याउनु भयो । उहाँले सामाजिक न्याय प्रति वढदो चासो र आवश्यकताका सम्वन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुदै गएको छ जानकारी दिनुभयो ।विश्वसामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा रोजगारदाताको तर्फवाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रतिनिधित्व गरेका थिए । सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गर्नु भएको थियो ।…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गर्नुभएको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका…

Read More

काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नु परिरहेको बताएका छन्। ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताए। शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएकोमा जाेड दिए। ‘संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनःमूल्याङ्कन गर्नुपर्ने भएको छ’, प्रधानमन्त्रीले भने। शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न…

Read More

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवशायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताउनुभयो । फरक प्रसङ्गमा…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ। महामन्त्री गगन थापाले बनाएको सांगठनिक प्रतिवेदन संशोधन गर्न तयार नभएपछि उनले पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेका हुन्। ‘सहमतिका आधारमा प्रतिवेदन तयार पारेर महासमिति बैठकमा पेश गर्न खोजिएको छ,’ एक नेताले नेपालखबरसँग भने, ‘त्यसकै लागि अहिले बैठक बसिरहेको छ।’ कांग्रेस महासमिति बैठकमा उपभापति पूर्णबहादुर खड्काको नीति सम्बन्धी र महामन्त्रीद्वय गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयबारे प्रतिवेदन पेश गर्दैछन्। खड्का र शर्माको प्रतिवेदनमा समस्या नभएपनि थापाको प्रतिवेदमा राखिएका केही विषयबस्तु संशोधन गर्न सभापति देउवाले निर्देशन दिएका छन्। तर, थापा अहिलेसम्म तयार छैनन्। शनिबार, आइतबार र…

Read More

घरेलु टोली नेपाल आईसीसी विश्वकप लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। सोमबार भएको खेलमा नामिबिया नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा तिनै टोलीले एक खेलमा जित र एक खेलमा हार भोगेका छन्। सिरिजमा तिनै टोलीले समान एक खेलमा जित निकाल्दै २ अंक जोडेपनि नेपाल नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो। नेपालको नेट रनरेट शुन्य दशमलव ९२० रहेको छ। दोस्रो स्थानमा रहेको नामिबियाको भने माइनस शून्य दशमलव २२० छ। तेस्रो स्थानमा रहेको नेदरल्यान्डस्को भने माइनस शुन्य दशमलव ६६६ रहेको छ। नेपालले सिरिजको दोस्रो खेलमा…

Read More

काठमाडौँ । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरूलाई क्यामेरा डाउन गरेका छन् । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ । सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत…

Read More