Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल हेर्ने इन्डोलेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दुतावासले बताएको छ । दुतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौँस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ । ई–भिषा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मुल्याकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ । नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिषा अन एराईभलका लागि पहल भई राखेको जनाउदै नेपाली नागरिकहरूको सहजताका…
काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भीम प्रसाद गौतम नियुक्त भएका छन्। ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा इप्पानमा स्वागत गर्दै गौतमको कार्यकालमा इप्पानले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे। इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाई दिन आफूले सतप्रतिशत योगदान दिने बताए। काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन्। देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरू…
काठमाडौं: आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ । सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियटाले जनाएको छ । कम्पनीकाअनुसार बोर्डले नेपालबाट बाहिरिने र एनसेलमा रहेको सेयरहरुलाई बिक्रीका लागि राख्ने निर्णय गरेको हो । कम्पनीले भनेको छ, ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन् र हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन् ।’ सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा नेपालमा भित्रिएको ठूलो वैदेशिक लगानीकर्ता नेपालबाट बाहिरिने भएको हो । कम्पनीअनुसार सन् २०२१/२२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा १.३ प्रतिशत योगदान छ…
काठमाडौं: रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् । पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह,…
हेमन्त जोशी/राससकाठमाडौँ, १३ मङ्सिर : सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला ? भन्नेमा चासो र आशङ्का देखिएको छ । दक्षिण एसिया अरु देशहरु पनि लगानीकर्ताका लागि प्रतिस्पर्धी बजार भएकाले नेपालले दिने सुविधाबारे स्पष्टतासँगै लगानी बोर्डको कार्यालयले अझ प्रभावकारी ढङ्गले काम गर्नसक्नुपर्छ । तर कुन आयोजना मुलुकका लागि बढी आवश्यक हो र त्यसमा लगानीकर्ताले पनि फाइदा कसरी…
काठमाडौं । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् । जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । कात्तिक १७ गते राति…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) दुबई जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)मा सहभागी हुन बुधबार दुबई प्रस्थान गर्ने भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार बुधबार बेलुका ९ बजे फ्लाइटमार्फत् दुबई प्रस्थान गर्ने छन् । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । १३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने…
काठमाडौं: काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिने महानगरले जनाएको छ। महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर आज सूचना जारी गर्दै प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानमा रोक लगाउने जनाएको हो। कसैले प्रतिबन्धित सुर्तीजन्य पदार्थ बिक्री गरेको देखे नगर प्रहरीले जफत गर्ने चेतावनी महानगरले दिएको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ।…
काठमाडौं: प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भटेर उनीहरुले मुलुकमा प्रदेश सरकार गठन भएका लामो समय हुँदा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशमा प्रहरी समायोजन काम हुन नसक्दा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन समस्या परेको उनीहरुको भनाइ छ । बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गङ्गानारायण श्रेष्ठले अबिलम्व प्रहरी समायोजन गरि प्रदेश सरकार मातहत ल्याउन माग गरिएको जानकारी दिए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले छिटो भन्दा छिटोे प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता जनाउनुभएको उहाले बताउनुभयो…
काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ । मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् । देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको गुनासो छ ।
