Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सामाजिक संजालको दुरुपयोग रोक्नेबारे सरकारका नियकायहरुले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनीधीहरुसँग छलफल गरेका छन् । कार्तिक २७ मा गृह मन्त्रालयमा टिकटकको कार्यालय सिंगापुरका प्रतिनीधिहरुसँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले बताए । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री हट्ने व्यवस्था मिलाउनेबारे टिकटकका प्रतिनिधीहरुसँग सहकार्य गर्नेबारे छलफल भएको सहसचिव भट्टराईले जानकारी दिए । छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए । टिकटकको दुरुपयोगबारे अनुसन्धान गर्ने निकाय साइबर ब्यूरोका अधिकृतहरु पनि छलफलमा सहभागी रहेको बताइएको छ । सो छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, धार्मिक…
राष्ट्रिय समाचार समिति (रासस)दमौली, २० कात्तिक : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ । उहाँले भन्नुभयो, “यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ । सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ…
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १९ कात्तिक : भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिनुभयो ।
काठमाडौँ, १९ कात्तिक : सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको सात सय थान र नम्बर २२ गुह्वेश्वरी गणमा रहेको १० हजार थान त्रिपाल लिएर तीनवटा कन्टेनर प्रभावित क्षेत्रतर्फ गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले राससलाई जानकारी दिनुभयो । यसअघि भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि…
काठमाडौं: हाइड्रोजन इन्धनबाट सञ्चालन हुने पहिलो विद्युतीय कार नेपालम भित्रिएको छ । काठमाडौं विश्वविद्यालय (केयु)ले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको छ । अध्ययन तथा अनुसन्धानकै निम्त केयुले सो कार नेपाल भित्र्याएको हो । विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिँह थापाका अनुसार नेपाल आयल निगमको सहायतामा सो गाडी कोरियाबाट ल्याइएको हो । विश्वविद्यालयले हाइड्रोजन गाडी सँगै रिफ्युलिङ स्टेशन पनि ल्याएको छ । प्राडा थापाले सबैका लागि सो गाडी टेस्ट ड्राइभको लागि खुला भएको बताएका छन् । साथै उनले भव्य उद्घाटन गरेर सो गाडीलाई सञ्चालनमा…
काठमाडौं: आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने भएका हुन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको ग्रुपले जनाएको छ । शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम…
काठमाडौं: टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
काठमाडौँ, १९ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको फाइनलमा नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो । नेपालका लागि गुल्शन झा र कप्तान रोहितकुमार पौडेलले ७८ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ्स उकासे ।
काठमाडौँ : सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुनेका परिवारलाई राहत स्वरुप जनही दुई लाख नगद दिने घोषणा गरेको छ । आज आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्य गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दीइन। यस्ता छन् निर्णयहरु ।संवत् २०८० कार्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः१. संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर) गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने ।२. उक्त भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइतेहरुको…
काठमाडौँ: सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ । बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन…
