Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, १३ कात्तिक : आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ । युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाएका हुन् । त्यस्तै आशिफ खानले २३ रनको योगदान दिए भने कप्तान मोहम्मद वसिमले…
काठमाडौं: आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा…
काठमाडौँ: अर्को वर्ष हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सोमबार भएको पहिलो खेलमा सुखद सुरुवात गरेको छ । नेपालले आज बिहान भएको खेलमा सिंगापुरलाई आठ विकेटले हरायोको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । नेपालले पालीको गतिलो सुरुआत गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए…
काठमाडौं: टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।
काठमाडौँ: नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ । त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटर्रेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुन्छ् ।…
काठमाडौँ: मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ । यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ। अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ। ‘कुनै ‘क्लु’ पत्ता लागेर भन्दापनि शङ्काको आधारमा सोधपुछका लागि मात्र हो, यसलाई पक्राउ भन्न मिल्दैन,’ घटनामा सक्रिय एक अनुसन्धान अधिकृतले भने । ती अधिकृतका अनुसार अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लु’ पत्ता लागेको छैन । तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ। तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको…
काठमाडौँ : सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ । सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट हो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको छ ।
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागले आज राति…
काठमाडौँ: सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबीच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ । यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ । आगामी…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे गम्भिर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्। उनले आइतबार शिष्टाचार भेटका लागि शीतल निवास पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग जलवायु परिवर्तनकाका कारण नेपालले भोग्नुपरेका समस्या समाधानमा गम्भीर भइदिन आग्रह गरेका हुन्। ‘जलवायु परिवर्तनको कारण हामी होइनौं, अरुले अधिक कार्वन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौं, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनु पर्छ,’ राष्ट्रपति पौडेललाई उद्यृत गर्दै उनको सचिवालयले जनाएको छ। उनले जलवायु परिवर्तनका कारण सेतो हिमाल कसरी कालो हुँदैछ भन्ने कुरा सगरमाथा र अन्नपूर्ण आधार शिविरजस्ता ठाउँको भ्रमणबाट महासचिव स्वयमले अनुभव गर्न सक्ने बताए। उनले…
