Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, २ कात्तिकः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । सरकारले तल्लो अरुण जलविद्युत् परियोजना छ सय ६९ मेगावाट क्षमताका लागि आवश्यक एक सय सात दशमलव ९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने…
काठमाडौं: गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको छ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए।
काठमाडौँ: नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो । यस्तै मन्त्रालयले मङ्गलबार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । मन्त्रालयले विवादको समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भएको छ, ‘हामी नागरिकमाथि भएको आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’
काठमाडौं: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।
काठमाडौँ: चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो। श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित इन्टरनेशनल मेडिकल साइन्सेज हस्पिटल भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताएका छन्। राति नै तुरुन्तै उनको मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था अहिले स्थित रहेको श्रेष्ठको सचिवालयले जनाएको छ। उनलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। आइसीयूमा राखेर उनको उपचार चलिरहेको छ। चिकित्सकका अनुसार श्रेष्ठ खतरामुक्त्त छन्।
काठमाडौँ: सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिहरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा चीन भ्रमणका क्रममा हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था तथा केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।
काठमाडौँ: राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका छन्। मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन्। घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर होटलको कोठामा सिरकले छोपेको अवस्थामा मंगलबार बिहान भावनाको शव फेला परेको थियो। घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन्। मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई…
काभ्रेपलाञ्चोक, २ कात्तिक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका पदाधिकारी तथा बागमती टिपर व्यवसायी सङ्घ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न…
काठमाडौँ: त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ। मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ। नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ। टी-२० को १६ औं वरीयतामा रहेको नेपाल र २१ औं वरीयतामा रहेको हङकङले अहिलेसम्म पाँच वटा टी-२० खेलेको छ। जसमा नेपाल २ र हङकङ तीन खेलमा विजयी भएको छ। आजको खेलमा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको समर्थन रहनेछ। नेपाली टिममा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी,…
बझाङ: सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। गएराति १० बजेर ३ मिनेटमा बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो। बझाङ केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गइसकेको छ। लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन्। बझाङ केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एकजनाको मृत्यु हुनाका साथै ३० जनाभन्दा धेरै घाइते भएका थिए। भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन्।
