Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन् । ‘नेपाल लगानी गरेका भारतिय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने,‘ हामीहरुले चालू आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं…
धनगढी: नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा नेतृत्वको लागि सहमति जुटाउन गरिएको पाँच दिन लामो प्रयास असफल भएको छ । सहमतिको प्रयास विफल भएसँगै मतदान तयारी भइरहेको छ । खासगरी उपसचिवमा सहमति जुट्न नसक्दा सर्वसम्मतको प्रयास असफल भएको हो । प्रमुख निर्वाचन अधिकृत पदम पालले अध्यक्षका लागि अहिलेसम्म कृष्ण प्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको बताए । दुई जनाको उम्मेदवारी कायमै रहेपछि मतदान हुने भएको हो । मतदानको लागि मतपत्र छपाएको काम भइरहेको बताउँदै निर्वाचन अधिकृत पालले त्यस लगत्तै मतदान हुने जानकारी दिए । यसअघि अध्यक्षका लागि जैसी र साउदसहित कमल तिमिल्सेना, बच्चन सिंहले पनि उम्मेदवारी दिएका थिए । तर…
राष्ट्रिय समाचार समिति (रासस)कास्की, २५ असोज: पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ । अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य…
बझाङ: बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ। बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए। सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्। महाभूकम्पको जोखिममा पश्चिम नेपाल १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए। भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन्।
काठमाडौँ: विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिवद्धता…
सुनसरी: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन् । चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका…
काठमाडौँ : नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो । बैठकपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इजरायलमा जोखिममा रहेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली त्यसतर्फ जाने तयारी भएको बताए । ‘मृतकहरुको शव ल्याउन एउटा कानुनी प्रक्रिया रहेछ त्यो पूरा भएपछि आउँछ,’ उनले भने, ‘बाँकी घाइते, जोखिममा रहेका र अन्य नेपालीहरुको हकमा स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्रीजी आफैं त्यसतर्फ जाने तयारीमा हुनुहुन्छ ।’ उनका अनुसार बुधबारै राति मन्त्रीसहितको टोली विमान लिएर इजरायल जाँदैछ । यस्तै,इजरायलबाट…
काठमाडौँ: परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन नसकिने जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारको प्रोटोकलअनुसार तत्काल शव स्वदेश ल्याउन नसकिने जानकारी दिएकी हुन । त्यहाँ अहिले पनि युद्धकै अवस्था रहेकाले शव व्यवस्थापनबारे केही नसोचिएको उनको भनाइ छ । यद्यपि शव फिर्तीका विषयमा पहल भइरहेको उनले बताइन् ।
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई उर्जा दक्षता प्रवद्र्धन गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्नेछ । जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो । वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरुमा जलवायु परिवर्तन…
काठमाडौँ: सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको हो । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ। गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घरफिर्तीका लागि ३ सय ५०…
