Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नवरात्रको पाँचौं दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ।…

Read More

काठमाडौँ: नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाउँदै छापावाल सुन प्रतितोला १ लाखा १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि साउन ४ गते, सुनको भाउ सबैभन्दा उच्च दरमा खरिदबिक्री भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो । हिजो पनि सुनको भाउमा भारी वृद्धि भएको थियो । हिजो सुन तोलामा एक हजार ३००…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५…

Read More

काठमाडौं: यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । टस हारेर ब्याटिङ गरेकव यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने । यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उनले बताए । जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल मुस्ताङ पुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका प्रधानमन्त्री दाहालले कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमन गरेका छन् । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो । चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी…

Read More

काठमाडौं: नेपाली बजारमा दशैं लागेपछि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय १० रुपैयाँ कायम भएको…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखा परेपछि प्रधानमन्त्री प्रचण्ड आज थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्। अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

Read More

काठमाडौं: अरुण तेस्रो जलविद्युत आयोजनाको काम डेढ महिनादेखि ठप्प भएपछि यो विषय मन्त्रिपरिषद्‍मा जाने भएको छ। लगानी बोर्डले आयोजनामा देखिएको समस्या समाधानका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ। बोर्डका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्। उनको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ५६ औं बैठकले आयोजनाको प्रवेश मार्ग (छ्याङकुटी-दिदिङग) को समस्या समाधान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। ९०० मेगावाटको यो आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेकामा मुआब्जा नपाएको भन्दै स्थानीयले डेढ महिनादेखि काम अवरुद्ध पारेका छन्। स्थानीयले प्रवेश मार्गको २४ किलोमिटर सडकको मुआब्जा नपाएको भन्दै आयोजनाको काममा अवरोध गरेका हुन्। उनीहरुका अनुसार छ्याङकुटीबाट पुखुवासम्म ४ सय ५४ रोपनी…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी भएको बताएका छन् । हरेक क्रान्तिपछिको बदलिएको राजनीतिक परिवेशमा नेपाल प्रहरीले परिवर्तनलाई अँगाल्न सक्ने क्षमता प्रदर्शन गरेको प्रत्यक्ष हेर्न र अनुभूत गर्न पाउँदा आफूले गौरवको महशुस गरेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन् । ६८ औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास व्यक्त गरे । ‘नेपालको संविधान…

Read More