Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर: कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्। कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्। राना नेकपा (एमाले) कोशी संसदीय दलका उपनेता हुन्। कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ। एमालेले आफ्ना दुई जनालाई शपथ गराउन दबाब दिएको थियो। मुख्यमन्त्री कार्कीले कांग्रेसका पनि दुई जनाको शपथ गराउने तयारी गरेका थिए। एमाले र मुख्यमन्त्रीबीच कुरा नमिलेपछि आज दुई जना मन्त्रीको मात्रै सपथ भएको हो।

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी एइक् मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गर्नुभएमा रु. ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुृनुहुनेछ ।यो…

Read More

काठमाडौँ: कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले आज मुख्यमन्त्रीको शपथको कार्यक्रम राखिएको जनाएको छ । कार्की एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सांसदको समर्थनमा प्रदेश प्रमुख बनेका हुन् । उनलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री कार्कीले आज शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । कार्कीले कस्तो किसिमको मन्त्रिमण्डल बनाउँछन् भन्ने सबैमा चासो रहेको छ । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेकाले एमालेलाई साथ लिनुपर्ने नैतिक…

Read More

काठमाडौँ: आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।…

Read More

काठमाडौँ: माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसंग छलफल गर्नेछ । त्यसैगरी सहुलियतपूर्ण ॠण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा अर्थमन्त्री डा…

Read More

काठमाडौँ: सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्। करिब ४१ वर्ष अघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनु पर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन्। स्थानीयको अवरोधका कारण गत १९ असोजबाट काम ठप्प छ। नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी…

Read More

विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए । संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका…

Read More

काठमाडौँ: मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए । हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेको भनाइ छ । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले जानकारी दिए ।

Read More

विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई शनिबारको समय दिएका छन् । प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन् । ‘माननीय प्रदेश प्रमुखज्यूबाट नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि मिति २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम मिति २०८०–६–२६ गते अपराह्न ५ः०० बजेसम्म कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्र…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको…

Read More