Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बझाङ: मंगलबार बझाङमा गएको भूकम्पबाट एक जनाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको भूकम्पछि गएको पहिरोमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। भूकम्पपछि उनी बेपत्ता थिइन्। प्रहरी टोली बिहान घटनास्थलमा गएको छ। बझाङमा भूकम्पबाट २६ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालसहितका असप्तालमा उपचार भइरहेको छ। जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, मधेश, बागमती, गण्डकी…

Read More

काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको…

Read More

काठमाडौं: नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ सचिवालयमा छलफल भएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनाबश्यक दबाब समेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले पेट्रोलियम पदार्थ र वस्तुहरु आयात हुँदाको असर मूल्यबृद्धिमा पर्ने हुँदा मुल्यबृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्रै…

Read More

काठमाडौँ: नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिएका हुन्। उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताए। सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरुलाई जोगाउन सरकारले पसिना छुटाउनु परेको ओलीले बताए। उनले यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ब्ल्याकमेलिङबाट आफूहरु नर्तसिने बताए। ‘सरकारमा बसेर यो फाइल खोल्छु, त्यो फाइल खोल्छु, त्यो खोलिन्छ। आफ्नो एउटा समर्थक पत्रकारलाई सोध्न लगाइन्छ, फलानो फाइल…

Read More

काठमाडौं: विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ % ले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । आज सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फितिका…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। यो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। पछिल्लो समय सरकारका गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला प्रतिपक्षी नेताले सदनमा बोल्न समयमा मागेका हुन्। त्यसैगरी यो बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ। यो प्रणाली सक्रिय रहँदा नेपालबाट मनसुन बाहिरिन ढिलाइ हुने महाशाखाले जानकारी दिएको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले बताएको छ। दिउँसो देशभर सामान्य बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बंैक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ । बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गर्नुभएको छ । बंैकले नवीकरणीय उर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको हो । यो व्यवस्थाले देशमा नवीकरणीय उर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ । कर्जा नोक्सान ग्यारेन्टीले दिगो उर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ । बैंकले यस्ता किसिमका परियोजनाहरुमा…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ। महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो । उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी सो बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन…

Read More