Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर काठमाडौं: गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृहले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ। यसअघिका महानिर्देशक झलकराम अधिकारीको मन्त्रालयमा सरूवा भएको थियो। तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरूवा भएको छ। सुबेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाइएको छ। रूपन्देहीका सिडिओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयमा सरूवा गरेको हो। गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रूपन्देहीको सिडिओमा सरूवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव…
विराटनगर: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् । भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा सरकार लागेको बताउँदै उनले तर, केही तत्त्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो । उहाँले यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पु¥याउने कुरामा आफूले पहल गर्ने पनि बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५…
काठमाडौं: कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो ।प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ ।प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा…
काठमाडौँ: त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । सामूहिक सरुवाको माग गरेका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै आजबाट भन्सार ठप्प पार्न लागेका हुन् । सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनीहरूको घोषणा छ । उनीहरूले हिजो तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नभए पुनः अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने…
काठमाडौँ: ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको हो। मुख्य योजनाकार देखाइएका मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ। कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५÷१५ लाख, लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ। यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन्। असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित बैठकमा उनले यस्तो बताएका हुन्। नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर देखिने गरी चीनले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि विरोध भइरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो। बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए। उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन्। ‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको…
काठमाडौँ: एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ। भारत-पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ। यसअघि समूह चरणमा भारत-पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो। चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्। सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो। त्यसपछि भारत र पाकिस्तान टी-२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए। सुपर…
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाहालले अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यस्तै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना…
सर्लाही: दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। प्रहरीका अनुसार सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको छ। अवस्था नियन्त्रणमा लिन आज दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए। कर्फ्यू जारी गरेपछि अहिले अवस्था नियन्त्रणमा…
