Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब बढी रकमको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालले ७ खर्ब ११ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँकाले व्यापारघाटा व्यहोरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले १९.१५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको छ । नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले…

Read More

काठमाडौँ: त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। ‘विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेका छौँ’, उनले भने, ‘उक्त रकम घुस हुन सक्ने भएकाले अनुसन्धान भइरहेको छ। बरामद रकमबारे विस्तृत जानकारी दिनेछौँ।’

Read More

काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनु भएको छ ।अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिनु भएको हो ।नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शिर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शिर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उहाँले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीलाई कर्जा पाउन कठिन भएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंकहरुको महंगो ब्याजले साना उद्यमीलाई लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताए । ‘बैंकहरुको महंगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको छ, साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने छ,’ उनले भने । यस्तै, उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । ‘कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण…

Read More

काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो। ‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ पूर्वमहामन्त्री समेत रहेका नेता डा. शशांक कोइरालाले भने। उनका अनुसार व्यक्तिकाे विषयमा भने छलफल भएकाे छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो। राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा नै टुंग्याउनेगरी तयारी अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

Read More

काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको नेतृत्वमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसकेका छन्। श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए। श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। मा‌ओवादीनिकट उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्।

Read More

काठमाडौँ: आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यो प्रणाली काठमाडौं उपत्यका आसपास आउन केही समय नै लाग्ने देखिएको महाशाखाका मौसमविद…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले यहाँ एक सय २५…

Read More

काठमाडौँ: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेले भने-‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनु पर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न…

Read More

धनुषा: धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा पाँच जना पक्राउ परेका छन्। दुई जना धनुषामा र तीन जना भारतमा पक्राउ परेका हुन्। उनीहरूको परिचय गोप्य राखिएको छ। १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ का २२ वर्षका विष्णु साहको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा धनुषाका दुई जनाको संलग्नता देखिएपछि पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। यस्तै भारतीय प्रहरीले भारतमा तीन जना भारतीयलाई पक्राउ गरेको डीएसपी क्षेत्रीले बताए। घटनामा अन्य केहीकाे पनि संलग्नता देखिएकाे र…

Read More