Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बंैकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ ।ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो । ग्लोबल आइएमई…

Read More

काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका नाममा १० प्रतिशत नि:शुल्क सेयर माग्दै २८ दिनदेखि बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार साँझ ५ बजे गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर तत्काल हाइड्रोपावर खुलाउन निर्देशन दिएका हुन् । जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दु:ख दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले बुधबार साँझ गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग गर्दै अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेका थिए । ‘हामीसँगको भेटपछि गृहमन्त्री अर्यालज्यूले सिन्धुपाल्चोकका सीडीओलाई फोन गरेर २८ दिनदेखि बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ,’ इप्पानका अध्यक्ष…

Read More

काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्यले बिहिबार पनि नयाँ रेकर्ड राखेको छ । दशैंपछि खुलेको 4 दिन लगातार रेकर्ड तोडेको सुनले बिहिबार अर्को रेकर्ड राखेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार २ लाख ३९ हजार २ सय रुपैयाँ तोला तोकिएको महासंघले जनाएको छ ।

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि नै उक्त सीमा खारेज गरेकोमा बुधबार व्यक्तिगत लगानीकर्ताका लागि उक्त सीमा खारेज गरेको हो । अब सेयर धितो कर्जामा कुनै पनि सीमा नलाग्ने भएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो । पछि…

Read More

काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ रेकर्ड राखेको छ । दशैंपछि खुलेको ३ दिन लगातार रेकर्ड तोडेको सुनले बुधबार अर्को रेकर्ड राखेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार २ लाख ३८ हजार रुपैयाँ तोला तोकिएको महासंघले जनाएको छ । यसअघि सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि…

Read More

काठमाडौं: बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका…

Read More

काठमाडौँ: सिंहदरबार जल्दा दमकल नपठाएको आरोप खेपिरहेका बेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेसबुकमा स्पष्टीकरण दिएका छन्। उनलाई पक्राउको माग गरी एमाले विद्यार्थी संगठनका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका बेला उनले एउटा भिडिओ नै सार्वजनिक गरी यो प्रस्टीकरण दिएका हुन्। उनले लेखेका छन्-‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?’ ‘तीन दिनसम्म जलेको हेरेर बस्यो?’ ‘सिंहदरबार जलाउने नै बालेन शाह हो!’ यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। हुन त यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जोसुकैले सूचनाको हकको आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि।…

Read More

काठमाडौँ: भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न व्यक्तिलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी आयोगले सो कुरा बताएको हो। गएको असोज ९ गते गृहमन्त्रालयले छानबिन आयोगले काम गरिरहेको भन्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्नहरूलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको थियो। गृहको परिपत्रपछि पक्राउ केही व्यक्तिहरूसमेत अनुसन्धान पूरा नहुँदै छुटेका थिए। आयोगले विज्ञप्तिमा भनेको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’ आयोगका सदस्य विज्ञान राज शर्माद्वारा…

Read More

काठमाडौँ — एमालेनिकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । अनेरास्ववियुका महासचिव दीपक धामीले जाहेरी लिएर आजै प्रहरी परिसर काठमाडौं पुगेका छन् । सरकारी सम्पति ‘लुटपाट, आगजनी, प्रहरी हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिन आएका हौं,’ उनले भने ।

Read More

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ । परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा…

Read More