Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, ७ साउन: बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने व्यवस्था गरिएको छ । पछिल्ला दिनमा केही व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि आक्रमण गर्ने गरेपछि केन्द्रीय बैंकले उक्त ऐनमा संशोधन गर्न खोजेको हो । “वित्तीय क्षेत्रको स्थायित्वलाई असर पु¥याउने गैर–व्यावसायिक तथा उच्छङ्ल गतिविधिलाईसमेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर…

Read More

काठमाडौँ: नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइँतबार दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए । चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौं…

Read More

काठमाडौं: एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ६ जना कर्मचारी पक्राउ परेका छन्। जसमा ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका हुन्। राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् । ‘तस्करीको सुन जाँचपासमा संलग्न एक अधिकृतसहित तीन…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो । https://cdn.fbsbx.com/v/t59.2708-21/361619922_667725868538806_5730555095994078083_n.pdf/Monetary-Policy_2080-81.pdf?_nc_cat=109&ccb=1-7&_nc_sid=0cab14&_nc_ohc=qcfypwrKB7oAX-5tU1u&_nc_ht=cdn.fbsbx.com&oh=03_AdRSRaaEKgV8rsZNTL89ZCQ3BORar0lSEPQL5zMmFbA2JQ&oe=64BEA3DA&dl=1

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतवार) चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकको व्यवस्थापन समितिको आज विहान बसेको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले आजै सार्वजनिक गर्ने भएको हो। मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन डाकेका छन्। सरकारले ल्याएको बजेट कसरी कार्यन्वयन हुनेछ र आगामी वर्षको नेपाली अर्थतन्त्र कसरी अगाडी बढ्नेछ भन्ने मार्गचित्र मौद्रिक नीतिले तय गर्नेछ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रणलाई निरन्तरता दिदै मौद्रिक नीति ल्याउने भएको हो । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गर्नुभएको छ । छलफलबाट प्रसारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०८०/८१ का लागि आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको छ। यसका लागि अहिले बालुवाटारमा नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बसिरहेको छ। बोर्ड बैठकले पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ आज इटाली प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले बिदाइ गरे। प्रधानमन्त्रीसँग कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत लगायत गएका छन्। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय रोममा हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तालिका छ। अतिकम विकसित मुलुकको अध्यक्षका हैसियतमा प्रधानमन्त्री दाहालले…

Read More

काठमाडौँ: आज आइतबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ। पुल्चोक फिडर अन्तर्गतका बल्खु,…

Read More