Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो । कार्कीलाई सर्वसम्मतले प्रधानन्यायाधीशका लागि अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए । बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रवार सांसदहरूको प्रश्नको सामना गरेका थिए । उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा सांसदहरूले उनलाई व्यक्तिको जग्गा हडपेको, घुस खाएको, पुराना मुद्दाको बेवास्ता गरी २ महिनाअघि…
काठमाडौँ: सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका–६ धुराबजारका ३ वर्षीय क्रियान तामाङको घाँटीमा गएराति लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर बालकको मृत्यु भएको जानकारी अस्पतालबाट प्राप्त भएको बताए। यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोसी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
काठमाडौं: काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् । काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो । कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरु राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् । जथाभावी राखिएका टिकट काउन्टरले शहरको…
काठमाडौं: नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने निर्क्योल आज हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्नेछन् । न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस यसअघि नै सकिएको छ । त्यसैले आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्ने छन् । त्यसपछि जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे कुनै एक आदेश गर्नेछ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न…
काठमाडौँ: प्रधानन्यायाधीश प्रस्तावित हरिकृष्ण कार्कीमाथि आज संसदीय सुनुवाइ समितिमा प्रश्नोत्तर हुनेछ। प्रश्नोत्तरका लागि बिहान ८ बजे समितिको बैठक बोलाइएको छ। सुनुवाइका क्रममा कार्कीले हिजो आफ्नो कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए। कार्कीले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले लागू गरेको गोला प्रथापछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए। आज उनीविरूद्ध दर्ता भएको २९ वटा उजुरीबारे १५ जना सदस्यहरूले प्रश्न गर्नेछन्। समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल…
काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्। फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए। सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन्। उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए। शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन…
काठमाडौँ: अनलाइनमार्फत जुवा खेलाएको आरोपमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनिने राजु पौडलेलगायत ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
काठमाडौँ, ३२ जेठ (रासस):प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको छ । हाल कायममुकायम प्रधानन्यायाधीश रहनुभएका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएको थियो । कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
काठमाडौँ, ३२ जेठ (रासस): प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गर्नुभयो ।
काठमाडौँ, ३२ जेठ:राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त हुनुभएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई सपथ गराउनुभएको हो ।