Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । विभागका अनुसार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको छ ।
काठमाडौँ: सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् । यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो । संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । उनका अनुसार प्रदेश नं १ मा दुई हजार ८०८, प्रदेश नंं २ मा दुई हजार…
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सरकार अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तयार रहेको बताएका छन् । उनले भने,‘डाक्टर केसीसँग वार्ता गर्न हामी तयार छौं, उहाँलाई काठमाडौं ल्याएर वार्ता गर्छौं, सबैको सल्लाह अनुसार उनलाई काठमाडौं ल्याउनको लागि सरकार तयारी अवस्थामा छ, हेलिकप्टरसमेत स्ट्याण्डमा छ, मुलुकको आवश्यकत्ता अनुसार हामी परामर्श र छलफल गर्न तयार छौं।’ पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उनलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता…
काठमाडौँ: सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका चार जनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आज सो आदेश जारी गरेको हो । निर्वाचन आचारसंहिता लागू भएपछि गरेका राजनीतिक नियुक्ति वर्तमान सरकारले खारेज गर्ने निर्णय गरेको थियो । आफूहरुलाई पुनःबहाली गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो । गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, एकीकृत वाग्मती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झालाई हटाउने निर्णयका…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्शले आफुलाई प्रदेश र स्थानीय संरचनामा लैजाने क्रममा आज गोर्खा चेम्बर अफ कमर्श गठन गरेको छ । प्रदेश नम्बर-४ का प्रदेश सरकारका प्रबक्ता तथा भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भेलाले भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यी कार्यसमिति गठन गरेको, नेपाल चेम्बर अफ कमर्शले जनाएको छ | भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले गोर्खालाई औद्योगिक क्षेत्र घोषणा गर्न प्रदेश सरकार तयार रहेको र त्यसमा नेपाल चेम्बर अफ कमर्स जस्ता नीजि क्षत्रको साथ् र सहयोगको जरुरि रहेको धारणा व्यक्त व्यक्त गरेका छन् | उनले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन सरकार गम्भीर रहेको र त्यसको लागि नीजि…
काठमाडौँ: भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाले जनाएको छ । विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजार सम्मको टिकट विक्री गरेको बताइएको छ ।
काठमाडौँ :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो । मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले आज देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरी यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिएका छन् । निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा…
काठमाडौँ: सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले ४५औं दिनमा अनसन स्थगित गरेकी छन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालमा अनसन बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन्। गंगामायाँलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षरसहि दुई बुँदे पत्र दिइपछि उनी अनसन तोड्न राजी भएकी हुन्। पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ । अनसन तोड्दै गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने बताएकी छिन । उनले…
काठमाडौं: उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागी प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरे । उनले आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा,जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी समेत दिए । मन्त्री पुनले प्रशारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत…
काठमाडौँ: चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो । नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन पुगेको हो । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबिबिएसका अध्ययनका लागि एक हजार ६३१ र बिडिएसमा ५५५ जना भर्ना भएका थिए भने ४९५ जना विद्यार्थी एमबिबिएस…