Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कमलामाई (सिन्धुली), ९ असार (रासस) :सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।

Read More

काठमाडौँ, ९ असार:आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको…

Read More

रवीन्द्र काफ्लेपाँचथर, ९ असार (रासस) : साविक भारपा गाविसको गुराँसे नागीका कुलबहादुर लावती फिदिम नगरपालिका–४ थापाटार मुनि हेवाखोला पुल छेउमा बस्न थालेको ३० वर्ष भयो । किशोरावस्थादेखि नजिकैको बजार फिदिम धाउँदा हेवा खोलामा फड्के तरेको याद लावतीसँग ताजै छ । विसं २०४२ मा हेवा खोलामा पुल बनेपछि भने भारपा हुँदै अमरपुरसम्म सवारीसाधन चल्न थाले । त्यही पुलको सम्मुखमा तीन दशकदेखि बसिरहनुभएका लावतीले अहिले भने नयाँ अनुभूति गर्नुभयो । पहिले फड्केबाट खोला तर्ने लावतीलाई अहिले घरअघिको सडकको पुल बग्योभन्दा विश्वास लागिरहेको छैन । “पहिले अहिलेभन्दा धेरै पानी पथ्र्यो । तर यो खोलाले फड्के पनि केही गरेको थिएन”, उहाँले भन्नुभयो, “अहिले त…

Read More

काठमाडौँ:देशभर मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम बढेपछि मनसुन अव सक्रिय हुन थालेको मौसमविद्ले बताएका छन् भने सजगता पनि अपनाउन अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार (हिजो) सबै प्रदेशमा पानी परेको छ भने कतिपय स्थानमा भारी वर्षा पनि भएको छ। ‘अहिले (बिहान) पनि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ’, उनले भनिन्। उनका अनुसार यतिबेला काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा पानी परिरहेको छ। ‘पानी पर्दै रोकिँदै, फेरि पर्दै गरिरहेको छ’, मौसमविद् कँडेलले भनिन्, ‘दिउँसो एकछिन रोकिन्छ तर फेरि साँझपख वर्षा हुन्छ।’ उनका अनुसार लगातार झरीचाहिँ हुँदैन तर एकैछिन हुने खालको वर्षा पनि होइन।…

Read More

गोरखा: गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज खनालका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ । शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २…

Read More

काठमाडौं: ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए । प्रहरी इन्सपेक्टर दासका अनुसार सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजी जारी छ । पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए । प्रहरीका अनुसार पहिरो प्रभावित…

Read More

काठमाडौँ:आईसीसी विश्वकप छनोटमा नेपाल चार पटकको विश्वकप विजेता वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको छ। वेष्ट इण्डिजसँगको हारको बाबजुद पनि नेपालको सुपर सिक्समा पुग्ने अंक गणितिय सम्भावना यथावत छ। नेपालले समुह चरणको अन्तिम खेलमा शनिबार नेदरल्याण्डस्सँग खेल्नेछ। सो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरे सुपर सिक्समा पुग्ने सम्भावना छ।वेष्ट इण्डिजले दिएको ३ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २ बल अगावै २ सय ३८ रन बनाउँदा अलआउट भयो। नेपालका लागि आशिफ शेखले बनाएको ६३ रन नै सर्वाधिक रह्यो। ९३ बलको सामना गरेका शेखले ४ चौका र १ छक्का हाने। गुलसन झाले ४२ र रोहित पौडेलले ३० तथा आशिफ शेखले २८…

Read More

काठमाडौँ, ७ असार:नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो । यसअघि जेठ २१ गते न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । गत जेठ १७ मा राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको थियो । उक्त प्रमाणीकरणको विरुद्धमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

Read More

काठमाडौँ: मिडिया प्रेमी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्। रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभाग प्रमुख बनाएको छ हो। खनालका अनुसार शाहले अब रास्वपामा प्रशिक्षण विभागको नेतृत्व गर्ने छन्। प्रशिक्षण विभागको नेतृत्वमा रहेर शाहले अब रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने छन्। उनी पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए। त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय थिए। उनले…

Read More

काठमाडौँ, ७ असार :नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ । सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

Read More