Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे । तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन् । बर्दीको आडमा प्रहरीले सोझासीधा धेरै पक्राउ गरिसक्यो, तर स्थानीय जनताले जोमाथि निरन्तर औँला उठाइरहेका छन् तिनीमाथि अनुसन्धान केन्द्रित भएको छैन । प्रधानमन्त्रीले टेलिभिजनबाट भनेजस्तै आन्दोलन विवेकहीन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी साबित हुन्थे । तर, डिएनए परीक्षणसमेत त्यही आयो जो कञ्चनपुरवासी जनताले भनेका थिए ।…

Read More

काठमाडौँ: मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए । स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय…

Read More

काठमाडौँ :हरितालिका (तीज)मा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै…

Read More

काठमाडौँ: राजधानीको मुटुमा अवस्थित काठमाडौँको बसन्तपुरमा मंगलबार आयोजना गरिएको सामुहिक कुमारी पुजाका क्रममा उपस्थित नेवा समुदायका बालिकाहरु। तस्बिर: विकास श्रेष्ठ कार्यक्रम श्री कुमारी भक्तजन सेवा समितिले आयोजन गरेको हो । कार्यक्रममा ३७७ वालिकाहरु कुमारी पुजाका लागि उपस्थित भएको आयोजकले जनाएको छ।

Read More

काठमाडौँ :“के तपाईँलाई बिहान उठ्ने बित्तिकै खानेपानी लिन घण्टौँ हिँडेर जानुपर्ने बाध्यताले सधैँ सताई रहन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले पानी भर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवारलाई विशेष व्यवस्था गर्ने भएको छ ।” मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण सङ्कलन अभियान शुरु गरेको छ । यकिन विवरण सङ्कलन गरेपछि उक्त समस्या समाधानका लागि नयाँ योजना बनाउने मन्त्रालयको तयारी छ । खानेपानीमन्त्री बीना मगरले खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउने उद्देश्यले विवरण सङ्कलन थालिएको बताइन । उनले भनिन, “खानेपानी लिन विशेष गरी गृहिणी महिला घण्टौँसम्म हिँड्नुपर्ने बाध्यतालाई सुल्झाउन…

Read More

कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् । प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । बबिता बमलाई भने रु ३० हजार धरौटीमा छाडिएको छ । “बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,” उनले भने। बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए । बिष्टको डिएनएसमेत म्याच नभएपछि र…

Read More

काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले आज धनकुटा जिल्लास्थित श्री नंं २ वाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गरेका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपश्चात् प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो । भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी तथा गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए। साथै उनी आज श्री पूर्वी पृतना मुख्यालय इटहरीमा मुकाम रहनुहुने र बुधबार अन्य इकाईको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौँ फिर्ता हुने कार्यक्रम छ ।

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनलाई भेटेका थिए । भेटवार्तामा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली…

Read More

काठमाडौँ: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले…

Read More

काठमाडौँ: नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनीको शुभारम्भमा देखिएका यी नयाँ नयाँ गाडीहरु हेर्नुहोस् । तस्बिर: विकास श्रेष्ठ अटो मोबाइल्सले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिइएको छ। यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा टिभीएस मोटर कम्पनीले सुपर प्रिमियम मोटरसाइकल ‘टिभीएस अपाचे आर आर ३१०’ आज सार्वजनिक गरिएको छ ।

Read More