Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णु प्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको दावी गरेका छन् । हिजो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धितालले एनसीसी बैंकका संस्थापकद्वय जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफुलाई फसाएको स्पष्ट पारेका हुन् । उनले भने,‘मलाई एनसीसी बैंकका केही सिमित व्यक्तिको स्वार्थका कारण फसाइयो, मेरा बारेमा जतिपनि समाचार आए ती सबै सूचनाहरु एकतर्फी थिए, सिआईबीले जे भन्यो त्यहीमात्रै लेखियो, मेरो बारेमा मिडियाबाट कोही पनि साथीहरु जान्नसमेत आएनन्, मलाई ४ महिनाको अन्तरालमा विभिन्न झुठा मुद्दा लगाएर दुःख दिने काम गरियो,…
बैङ्कक: सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएक छन् । बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ । अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो । “उनीहरुले गलत सूचनाहरु…
काठमाडौं: गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो । उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुने समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकारभित्र कमलको पात आकारको आठवटा रातो मीना जडान गरिएको हुन्छ ।…
काठमाडौं: मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको समाचारमा भनिएको छ, नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो । तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो । निगमको प्राविधिक स्रोतका अनुसार जहाजमा एउटा मात्र नभई चराहरूको बथान नै ठोक्किएको आशंक गरिएको छ । तर, कुन प्रजातिको चरा हो भन्नेबारे…
काठमाडौं: भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्या र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय हुँदै आएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । गिरोहले रोहिन्या र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ शिर्षकमा छापिएको समाचारमा भनिएको छ, गिरोहका नाइकेको रुपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पइएको छ । यसरी अवैध रुपमा काठमाडौ आइपुगेका बंगलादेशी र रोहिन्या आप्रवासी बूढानिलकण्ठ नगरपालिका ११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन् । निरन्तर रुपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले…
ढाका : नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका हुन् । शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, “विद्युत् खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको यहाँका मन्त्रीले जानकारी दिए ।” जिएमआरले आयोजनाको विद्युत्…
काठमाडौँ: नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण समेत गरे । उनको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए । सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो । प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुनेछन्। प्रधानसेनापति क्षत्री र उनकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको…
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गरेका हुन् । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको लागि दक्ष एवं सक्षम जनशक्ति आवश्यक पर्ने भन्दै उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तथा विभिन्न क्षेत्रगत कार्य टोलीको सुझाव प्राप्त भएपछि सोको आधारमा नीति तथा कार्यक्रममा संशोधन गर्नुका साथै सोको मार्गनिर्देशनका आधारमा सरकारले कार्यान्वयन प्रक्रिया थप सुदृढीकरण गरिने जानकारी दिए । सुधार कार्यक्रममा बाल विकास…
काठमाडौँ: पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ । आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरी बढाउने निर्णय टुर्गानका अध्यक्ष केदार तामाङले बताए । उनले गाइड भनेका पर्यटकको पहिलो आधारशीला हुन्, त्यही भएर हाम्रो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ भने । टुर्गानका अनुसार देशको बढ्दो महँगी तथा समयानुकूल…
काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्कालका लागि चिनी आयात रोकिने बताएका छन् । उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पाकिस्तानलगायत देशबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशी चिनीले प्रतिष्पर्धा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए । प्रधानमन्त्री ओलीले नेपालको चिनी बिक्री नभएका कारण किसानले उखुको पैसा नपाएको गुनासो आइरहेको भन्दै नेपालमा चिनी मिलमा प्रशस्त चिनी मौज्दात भएकाले तत्काललाई चिनी आयात रोकेपछि नेपालमा भएको चिनी बजारमा जान्छ र किसानले उखुको पैसा पनि पाउँछन् भने । “चिनी मात्र नभई आागमी मौसमदेखि उखु…