Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बर्लिन: जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई टाटा कम्पनीसंग बिलय गर्नेबारे सम्झौता भएको छ । थिस्सेनक्रुप अव सम्झौतापछि टाटा कम्पनी अन्तर्गत युरोपमा संचालन हुनेछ भने यो बिलयपछि सो स्टिल कम्पनी युरोप दोश्रो ठुलो स्टिल कम्पनी हुने भएको छ । सम्झौतासंगै कम्पनीमा कूल नेदरल्यान्ड्स, बलायत र जर्मनीका ४८ हजार कर्मचारीलाई रोजगारी मिल्ने जनाइएको छ । सम्झौतापछि नेदरल्यान्ड्समा दुई कम्पनीको संयुक्त लगानीमा ५० प्रतिशत साझेदारी हुनेछ । संयुक्त रुपमा संचालन हुने उक्त नयाँ कम्पनी ‘ थिस्सेनक्रुप टाटा स्टिल बीभी’ को नाममा संचालन गरिने जनाइएको हो ।

Read More

काठमाडौँ: डेढ वर्षको अन्योलपश्चात भारतले ५३ वटा ग्यास बुलेत्का लागि विष्फोटक लाइसेन्स दिने इच्छा देखाएको छ । बिष्फोटक लाइसेन्सकै कारण बुलेट भारतमा अलपत्र परेको आलोचना बढेपछि तत्काल लागि ५३ वटालाई दिने इच्छा देखाएको हो । ‘प्रधानमन्त्री कपी शर्मा ओलीको भारत भ्रमण र त्यस्पशात आपूर्तिमन्त्री मात्रिका यादवको पहलमा लाइसेन्सबारे धेरै सकारात्मक छ,’ उद्ध्योग तथा आपूर्ति मन्त्रालयक एक अधिकारी भने, ‘ तर, उद्ध्योगीहरुले बुकिङ्ग भएका सबै बुलेटका लागि माग गरेका छन् ।’ एलपी ग्यास उद्ध्योगका नुसार हाल ५३ वटा ग्यास बुलेट तयारी अवस्थामा छन् । ४ सय ९ वटा बुक्त भएको संघले जनाएको छ । यी सबै बुलेट संचालन गर्न उद्योगीले लाइन्सेन्स…

Read More

सुर्खेत: कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि आज भएको दफावार छलफलमा प्रदेशसभा सदस्यहरूले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् । छलफलका क्रममा सभाका सदस्य अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले सुझावको उपेक्षा गरेको भन्दै कार्यशैली सुधार गर्न आग्रह गरे । “बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन्, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उनले…

Read More

काठमाडौँ: नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको छ । सो साझा प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने समूहका सदस्य डा राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै नयाँदिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो । बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा छलफल भएको थियो । यही असार २० गते इपिजीको समयसीमा…

Read More

काठमाडौँ: नकाउट चरणको दोश्रो बिश्वकप फुटबलमा गयराती भएको खेलमा उरुगेले पोर्चुगललाई २-१ गोल अन्तरले पाखा लगाउंदै पोर्चुगललाई घरको बाटो देखाएका छन् । खेलमा उरुग्गेका एडिन्सन काभानी नायक बन्दा र यता पोर्चुगलका रोनाल्डो चम्कन नसक्दा खेल उरुग्गेले २-१ ले जितेको हो । जित संगै उरुग्गेको भेट अव फ्रान्ससंग क्वाटरफाइनलमा हुने भएको छ । पोर्चुगलका लागि पेपेले मध्यान्तर पछि पाएको कर्नरमा फ्री-किक मार्फत गोल गरेका थिए । उरुग्गेका लागि काभानीले खेलको ७ औं र ६१ मिनेटमा गोल गरेका थिए ।

Read More

जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससंग ४—३ गोलले पराजित भएको छ । एन्टोनियो ग्रिजमेनको पेनाल्टी मार्फत अग्रता पाएको फ्रान्सका लागि एम्बापेले गरेको दुइ गोलले अर्जेन्टिनामाथि जीत प्राप्त गर्न सहज भयो । जीतसंगै फ्रान्सले विश्वकपको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

Read More

काठमाडौँ: चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकमा गरिएको संशोधन लगायतमा बिरोध जनाउंदै प्राध्यापक डाक्टर गोविन्द केसीले जुम्लामै आमरण अनसन सुरु गरेका छन् । उनले अनशन शुरु गर्दै ७ बुँदे लगायतका माग राखेका छन् । प्रहरी धरपकडकाबीच डा. केसीले अनशन शुरु गरेका हुन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन । निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको थियो । डा. केसीले प्रहरी हिरासतमै २ बजे अनसन थाले । अहिले प्रहरीले कभर्ड हलमा पुर्‍याएको छ र डा. केसी त्यही अनसनरत…

Read More

काठमाडौँ: सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको छातमा रहेको हेलिप्याडमा अवतरणको क्रममा दुर्घटनामा परेको छ विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन । घटना पछि पत्रकार सम्मेलनमा बोल्दै डा. चक्रराज पाण्डेले भने हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थियो र भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गर्ने क्रममा दुर्घता भएको हो । उनले भने हेलिकप्टरले एक फन्को मार्यो लगतै आफैं घुमेर छतमा खसेको हो । होलिकोप्टरका चालक सकुशल रहेको अस्पतालले जनाएको छ ।

Read More

काठमाडौँ: सरकारले पुरानो राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार गरी नयाँ ल्याउने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । सो अध्यादेश क्याबिनेटले संसदमा दर्ता गर्न भने बाँकी छ । चुनावअघि नै चिकित्सा शिक्षा विधेयक तयार भएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा त्यसबेला अध्यादेश ल्याइयो । उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्रै सम्बन्धन दिन पाउने, नर्सिङ कलेजको लाइसेन्स चिकित्सा शिक्षा आयोगले दिने, मेडिकल कलेजको आफ्नै अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने अध्यादेशका मुख्य बुँदा थिए । तर, प्रतिस्थापन…

Read More

काठमाडौँ: बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइसमेत गरेका थिए । मन्त्री अधिकारीले दुई शहरलाई धार्मिक तथा पर्यटकीय रुपमा जोड्ने तथा उडानले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत सहयोग मिल्ने बताए । नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वागत गर्नुभयो । बुद्ध एयरले दुवै शहरका लागि विभिन्न…

Read More