Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 20
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी

    पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी

    पहिलोक्लिकपहिलोक्लिकJuly 14, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए ।

    नेपाल पर्यटन बोर्डको प्रायोजन र पर्यटन क्षेत्रका तीन मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा भएको तालिमको समापन गर्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अब चप्पल लगाएर काम गर्ने मजदुरको माग खान देउ भन्ने मात्र होईन नीति निर्माण गर्ने तहमै सहभागीता हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले जिम्मेवार भएर श्रमिकले कार्य गर्नुपर्ने बताउँदै आफ्ना अधिकारका विषयमा नडराई माग उठाउन श्रमिकहरलाई आग्रह गरे ।

    कार्यक्रममा आयोजकमध्येको एक यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्र नियमसंगत ढंगले चल्नुपर्ने भन्दै गलत काम गर्ने व्यवसायी र सरकारी निकायका पदाधिकारीलाई पर्यटन श्रमिकले साथ नदिने बताए ।

    उनले ट्रेकिङ क्षेत्रका समस्या बेलैमा समाधान नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्ने भन्दै पर्यटन मजदुरका समस्या बेलैमा समाधान भएन भने श्रमिकले यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिए । त्यस्तै व्यवसायीका कारण अहिले पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको भन्दै बेलैमा सचेत हुन उनले व्यवसायीको ध्यानाकर्षण गराए । उनले टिम्सको रकम श्रमिकको पक्षमा नहुने हो भने यसलाई बन्द गर्नुपर्ने वा श्रमिकको सामाजिक सुरक्षा कोषमा हाल्नुपर्ने बताए ।

    कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डे (कपिल)ले नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक प्रचार किन भयो भन्नेबारे सबै व्यवसायी र सरकारले विचार पुर्याउनुपर्ने भन्दै बेलैमा नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाले पर्यटन क्षेत्रका सबै श्रमिकहरु एक भएर गलत कामको भण्डाफोर गर्नुपर्ने बताए ।

    कार्यक्रममा पर्यटन व्यवसायी दिपक महत मजदुरको समस्या समाधान गर्न व्यवसायी र राज्य लाग्नुपर्ने र टिम्सको रकम श्रमिकको हितमा लागाईनुपर्ने बताए । त्यस्तै पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रमा इमान्दारिता देखाउनुपर्ने भन्दै पर्यटन श्रमिकको बीमाको कुरा व्यवसायी स्वयंले नै बहोर्नुपर्ने र टिम्सको रकममा र्याल चुहाएर सरकारको भर पर्न नहुने बताए । राज्यको रकम आपत विपदका बेला प्रयोग गर्नुपर्ने उनको सुझाव थियो ।

    त्यस्तै टानका अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा एकताको खाँचो रहेको भन्दै फेक हेलिकप्टर रेस्यु गर्ने सिमित व्यवसायीका कारण पुरै पर्यटन क्षेत्रलाई बद्नामी गर्न नहुने बताए । त्यस्तै एनएमएका महासचिव कुलबहादुर गुरुङले टिम्सको रकम सिधै मजदुरको कल्याणकारी कोषमा जानुपर्ने भन्दै जिम्मेवार पर्यटन गर्न लाग्नुपर्ने बताए । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले पर्यटन श्रमिकलाई फेक रेस्क्यूको नाममा अवैध सुन बोक्ने गोरेजस्तै बनाउन नहुने बताए ।

    ६ दिनको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा १५० जना पर्यटन श्रमिकहरु सहभागी भएका थिए । आयोजकले सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराएको थियो ।

    Facebook Comments Box

    पर्यटन श्रमिक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.