Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रिय धान दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम सहित धान रोपेर मनाईएको छ ।खेतखेतमा बाजागाजा सहित कार्यक्रम गरेर सरकारका मन्त्री, कर्मचारी तथा किसनहरुले धान रोपेर १५ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएका हुन् । बिदेशी तथा किसनहरुले एक आपसमा हिलो खेलर रमाईलो गरि मजा लिएका छन् । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गरेका छन् । युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान रोपेका हुन् । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले आफू पनि कृषकको छोरा भएकाले यस्तो रोपाइँमा पहिले धेरै पटक सहभागी…

Read More

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशलाई विकासको गतिमा लैजान सरकारले नीति बनाएर अगाडि बढेको बताएका छन्। धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालले आज सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा संयुक्तरुपमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार विकासको गतिमा कहीँकतै नरोकिने बताए । महासचिव पौडेलले भने – “अहिलेको सरकारले हिजो यस्तो भयो भनेर गीत गाएर बस्दैन, विकासको खाकासहित नीति तथा योजना अगाडि लिएर जान्छ ।” सरकारले देशमा कृषि उत्पादनमा अत्यधिक वृद्धि गरेर लैजाने नीति अघि सारेको बताउँदै कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण गर्ने, प्रांगारिक मलको विकास गर्ने, विषादीको अन्त्य गर्दै लैजाने गरी कार्यक्रम…

Read More

इटहरी : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् । मन्त्री बाँस्कोटाले आज इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गर्दै नेपालमा कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग आदिको दृष्टान्त प्रस्तुत गर्दै टेलिकमले पनि आफूलाई जोगाउनका लागि कठोर नीति लिएर काम गर्न जरुरी छ भने । मन्त्री बाँस्कोटाले सूचना मन्त्रालयबाटै देशभरका टेलिकमका कर्मचारीले इमान्दारीपूर्वक कर्तव्य पालना गरे वा नगरेको अनुगमनको प्रविधि अपनाएर हेरिने जानकारी दिँदै देश र जनताप्रति बेइमानी गर्ने संघ, संगठन वा युनियनमा आबद्ध…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले १३ नं वडाका ज्येष्ठ नागरिकलाई आज विशेष भत्ता प्रदान गरेको छ । विशेष भत्ता पाउनेमा ७५ वर्ष उमेर पूरा भएका महिला ३८४ र ८० वर्ष उमेर पूरा भएका पुरुष २०२ जना छन् । चार सय ८३ एकल महिला, १९ आंशिक अपांगतायुक्त र २५ पूर्ण अपांगतायुक्तले वडाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । यीमध्ये महानगर विशेष भत्ता भने ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुषले मात्र प्राप्त गर्नुहुनेछ । विशेष भत्तासँगै उहाँहरुको निःशुल्क स्वास्थ्य परीक्षण पनि हुने गरेको छ । सामाजिक सुरक्षाका लागि वडाले पहिलो चौमासिकमा रु ६१ लाख ५५ हजार २००…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) मा हस्ताक्षर भएको छ । प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन्। प्राधिकरण र कम्पनीबीच सम्पन्न विद्युत खरिद–बिक्री सम्झौता अनुसार सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मिति देखि ३० (तीस) वर्ष वा विद्युत उत्पादन अनुमतिपत्र को अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । त्यसैगरी, आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिएको छ…

Read More

काठमाडौँ: पशुपति क्षेत्र विकास कोष र सनराइज बैंक लिमिटेडबीच पाशुपत क्षेत्रमा पर्यटक प्रवेश काउण्टर सञ्चालनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका तर्फबाट सदस्य सचिव डा प्रदीप ढकाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । सम्झौतापछि विभिन्न मुलुकबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकलाई क्रमशः तिलगंगा, वत्सलेश्वरी, गुहेश्वरी र महास्नान घर अगाडि रहेको पर्यटक काउण्टरबाट टिकट बिक्री गरिनेछ । बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएममार्फत आफ्ना चार लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौं: नेपाल बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री खुल्ला गरेको छ । बैंकले प्रति सेयर १०० अंकित दरमा प्रिमियम बापत १८० रुपैयाँ थपेर प्रति सेयर २८० को दरले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्री गर्न लागेको हो । २९३ १९ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरेको बैंकले जनाएको छ । साथै, १९ गते भित्रै आवेदन प्राप्त नभएमा बढीमा ३० दिनसम्म आवेदन खुल्ला गर्न सकिने व्यवस्था रहेको छ । सेयर निष्काशन खुल्ला गरेको पहिलो दिन देखि नै संगठित संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था रहेको छ । स्वीकृत विवरण मार्फत निष्काशन गरिने साधारण…

Read More

काठमाडौं: विहिबार राति सम्पन्न अन्तिम क्वालिफाइङ खेलमा बेल्जियमले इंग्ल्याण्डलाई हराएसँगै पहिलो चरणको विश्वकप फुटबल खेल शनिवारबात नकआउट चरणमा प्रवेश गर्दै छ । नकआउट चरणमा को-को भिड्दै छन् ? प्री-क्वार्टरफाइनलको पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हनेछ भने अन्तिम खेल कोलम्बिया र इंग्ल्याण्डको हुनेछ । शनिबार फ्रान्स VS अर्नेन्टिना उरुग्वे VS पोर्चुगल आइतबार स्पेन VS रसिया क्रोएसिया VS डेनर्माक सोमबार ब्राजिल VS मेक्सिको बेल्जियम VS जापान मंगलबार स्वीडेन VS स्वीट्जरल्याण्ड कोलम्बिया VS इग्ल्याण्ड

Read More

सल्लेरी, सोलुखुम्बु: सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए । रासस

Read More

रौतहट: जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो । दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रहरीको गोली लागेर घाइतेभएका निजलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए । घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार…

Read More