Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बैंकक: गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए । उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परिक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । “आउदो बिहीबार उनीहरु सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ,” अस्पतालका एक अधिकारीले भने । उद्धार गरिएका बालक र उनीहरुका…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा सूचना नपठाउने संस्थाले साउन महिनादेखि दुई प्रतिशतको विन्दुमा कर्जा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । कर्जा सूचना केन्द्रको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । माग अनुसारको कर्जा उचित तरिकाले लगानी भएको छ वा छैन अर्थात् कुनै तरिकाले कुनै फर्म वा उद्योगले कारोबार लुकाएका छन् वा छैनन् भन्ने विषयको जानकारी कर्जा सूचना केन्द्रमा प्राप्त विवरणको अध्ययनपछि मात्र थाहा हुने…

Read More

इस्लामावाद : पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ । घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृह मन्त्री अघा उमरले पुष्टि गर्र्नु भएको छ । घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिए । लडाकूहरुको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूहरुले गराएको जिम्मेवारी लिएको छ । राजनीतिक नेता नवाजजादा सिराज राइसानीलक्षित गरी आक्रमण गरेको…

Read More

भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा परेको मध्यपुरथिमिको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरेको छ । बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहर संकलन गर्नुका साथै डुबानमा परेका बस्तीका बासिन्दाको घरभित्र थुप्रिएको फोहर संकलन गर्ने र सफाइ गर्ने काम भएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिए । सफाइ अभियानमा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीय अनुगमन तथा सुरिवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक नन्दलाल वन्जाडे, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला…

Read More

काठमाडौँ: जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन्। डाक्टर केसीले राखेका मागहरू पूरा गर्न दबाब दिँदै सोलिडारीटी फर प्रोफेसर गोविन्द केसीले शनिबार बानेश्वरमा गरेको कार्यक्रममा अडियोमार्फत् सम्बोधन गर्दै केसीले चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड गर्न नहुने बताए। १५ दिनदेखि अनसनरत उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले आफूलाई राम्रो हेरचाह गरिरहेको बताए। ‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन’ डा. केसीले भने, ‘म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’ ‘जनतामुखी र विद्यार्थीमुखी अध्यादेश तोडमोड गरेर नेता…

Read More

काठमाडौँ: देशभर वर्षा भएसंगै तरकारीको उत्पादन कम हुँदा काठमाडौँमा तरकारीको आपूर्ति घटेको छ । पछिल्लो एक हप्तामा कालिमाटी फलफुल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्तिमा ५० प्रतिशत भन्दा बढीले कमि आएको कालिमाटी फलफुल तथा तरकारी बजारका थोक बिक्रेता भगवान चन्द्र उप्रेतीले बताए । उनले भने- ‘ देशभर निरन्तर वर्षा हुँदा तरकारीको उत्पादनमा कमि आउनुको साथै उत्पादित तरकारी समत बिग्रन जाँदा काठमाडौँमा तरकारीको आपूर्तिमा कमि आएको हो’। आजभोलि भारत लगायत देशको बिभिन्न बाट दैनिक ५०० टनको हाराहारीमा तरकारी कालिमाटी बजारमा आएको बताए । एक महिना अघि लगभग ९०० टन तरकारी आउने गरेको उप्रेतीले बताए । आपूर्तिमा कमि आएपनि तरकारीको मूल्य भने…

Read More

तनहुँ: पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् । सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताए । शव भेटिएको जानकारी पाएलगत्तै परिवारका…

Read More

काठमाडौँ: यो सात सेयरबजारमा ठुलो उतारचढाब आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलब ४१ अंकले घटेर अन्तिम दिन १ हजार १९१ दशमलब ९८ अंकमा झरेको छ । यस साता सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबै भन्दा बढी बिमा समूहको २ सय ३१ दशमलब ९ अंक र होटल समूहको एक सय ४७ दशमलब ८ अंकले घटेको छ । त्यसैगरी, बाणिज्य बैंकको परिसूचक २७ दशमलब १६ अंक, विकास बैंक ३४ दशमलब ३२ अंक, बित्त ७ दशमलब ७८ अंक र लघुवित्त ३० दशमलब ०३ अंकले घटेको छ । जलबिधुत समूहको नेप्से परिशूचकमा ४३ दशमलब २५ अंकले,…

Read More

जाजरकोट: जाजरकोटको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ । कायखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयवासीको उठीबास लागेको हो । मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सकडबाट यहाँका दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् । सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामा लगाएको अन्नबालीसमेत…

Read More

काठमाडौँ: भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको अन्तर्राष्ट्रिय संचार मध्यमहरुले जनाएका छन् । उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको थियो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि शरिफ परिवारसहित बेलायतमा थिए । शरिफ र उनकी छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको जनाईएको…

Read More