Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्ता र आफन्तसम्म समवेदना प्रकट गर्न अस्पताल पुगेका छन् । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेका छन् । छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ । सीताको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि…
काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनु भएको छ ।’ वक्तव्यमा थप लेखिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय…
काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा…
काठमाडौँ: सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकेको हो। यस्तै मन्त्रिपरिषद बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। मन्त्रिपरिषद बैठकले बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय…
काठमाडौँ । बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र छन् । योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्व खरिदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
काठमाडौँ: मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ । मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका थिए । काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
काठमाडौँ:सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाकै ज्यान गएको छ। सुरुमा ५ जनाको शव र पछि हेलिकप्टरले थिचिएको अवस्थामा अर्को शव फेला परेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए। दुर्घटनामा परेको हेलिकप्टरमा एक चालक र २ पुरुष र ३ महिला गरी ५ जना मेक्सिकन नागरिक सवार थिए। मेक्सिकन नागरिक सोलुखुम्बुका हिमाली क्षेत्र अवलोकनका लागि सोमबार लुक्ला पुगेका थिए। दुर्घटनास्थलमा बेनी प्रहरी चौकीको टोली पुगेर शव संकलन गरेको छ। जिल्लाबाट त्यसतर्फ लागेको टोली भने पुगिसकेको छैन। यस्तै काठमाडौंबाट हेलिकप्टरमा गएको टोली पनि खराब मौसमका कारण दुर्घटनास्थल आसपास हेलिकप्टर अवतरण गर्न सकेन। सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर ८…
काठमाडौँ: सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । ‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।
काठमाडौँ: लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। ‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने। हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।