Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आज गोली चलेको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषधका कारोबारीविरुद्ध गोली चलाएको हो। गोली लागेर विकास भगवत घाइते भएका छन्। उपचारका लागि उनलाई केएमसी अस्पताल भर्ना गरिएको छ। एसएसपी गोविन्द थपलियाले लागुऔषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको जानकारी दिए। ‘घाइते विकासको ठेगाना खुलिसकेकाे छैन’, उनले भने, ‘हामी उनको अभिभावकलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छाैँ।’ उनको घुँडामुनि गोली हानिएको हो। उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब…
काठमाडौँ:आज (आइतबार) देखि मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। जसका कारण अब केही दिनदेखि भइरहेको गर्मीमा राहत महसुस हुने अपेक्षा गरिएको छ। दुई हप्ताभन्दा बढी दिनदेखि बादल नलाग्ने र पानी नपर्ने हुँदा देशभर गर्मी बढेको छ भने विशेषगरी तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाले जनजीवन निकै कष्टकर भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आजदेखि क्रमशः मौसम बदली र वर्षा हुने सम्भावना बढेको बताइन्। ‘यसले गर्मी घटिहाल्छ भनेर अहिल्यै मैले भनिनँँ, तर निरन्तर उकालो लागेको तापक्रम धेरैजसो स्थानमा स्थिर रहने वा केही डिग्री घट्नेछ’, उनले भनिन्, ‘यति भनौँ- गर्मीमा राहत…
मान्म, २८ जेठ (रासस) :कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । “घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको…
काठमाडौँ, २८ जेठ (रासस) :समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गर्नुभयो । यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक…
महोत्तरी, २८:उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहनुभएका उहाँले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाउनुभयो । “जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उहाँको भनाइ छ । “गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध…
काठमाडौँ: सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघको संयुक्त बैठकले सुनचाँदीका वस्तुमा २ प्रतिशत कर लगाउने घोषणा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त बैठकले सुनचाँदीका वस्तुमा २ प्रतिशत बिलासिता कर लगाउने निर्णय सुनचाँदी ब्यवसायीको हित विपरित भएको ठहर समेत गरेको छ ।सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदीका वस्तुमा २ प्रतिशत बिलासिता कर लगाउने घोषणा गरेको थियो। सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायन सहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्वन गरेकोमा पनि व्यवसायीले बिरोध जनाएका…
काठमाडौँ: चालु आर्थिक वर्षको बैशाखसम्ममा विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेको छ । आयातमा आएको कमी र रेमिट्यान्स आप्रबाह बढेपछि विदेशी मुद्राको सञ्चिति बढेको हो । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपनि गत पुषसम्म सरकारले सिमति बस्तुहरुको आयात रोकेको थियो । सरकारले आयातमा गरेको नियन्त्रण तथा उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा आएको सुस्तताले विदेशी विनियम सञ्चिति बढाउन मद्दत गरेको हो । त्यसका साथै बैंक वित्तीय संस्थामा तरलताको कमी र बढ्दो ब्याजदरले कर्जा लगानीमा भएको नियन्त्रणले पनि आर्थिक गतिविधिमा सुस्तता ल्याउन मद्दत गरेपछि आयातमा कमी आएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय…
काठमाडौँ:ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन्। बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो। यो योजना अन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउनेछन्। यो योजना सिमित अवधिको लागि लागू रहने कम्पनीले जनाएको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम,…
काठमाडौँ, २६ जेठ (रासस) :सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताउनुभयो । नेपाल र चीनबीच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुनेछ ।” सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्त्वपूर्ण रहँदै आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको अध्ययन, ज्ञान र…