Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, ९ जेठ (रासस) :मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिनुभयो । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उहाँले भन्नुभयो…
काठमाडौं: विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् ।सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले अनलाइनखबरसँग भने, ‘कामीरिता आज (मंगलबार) चुचुरोमा पुग्ने योजना हो । तर पुगिसकेको खबर आइसकेको छैन ।’ सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । उनले सबैभन्दा पहिले २०५१ मा…
काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
काठमाडौँ, ८ जेठ (रासस) :मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ ।
काठमाडौँ, ८ जेठ : लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुनेछ भने बैंक गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । दुवै बैंकको साधारणसभाले मर्जरको निर्णण पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत…
काठमाडौँ:संसद्मा सरकारको नीति तथा कार्यक्रमबारेको छलफल आज (मंगलबार) पनि जारी रहने भएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रमबारे आज पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैका बैठकमा छलफल हुने भएको हो। त्यसका लागि प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा गत आइतबारदेखि र राष्ट्रिय सभामा सोमबारदेखि छलफल भइरहेको छ। नीति तथा कार्यक्रमबारे सांसदहरूले आआफ्ना धारणा राखिरहेका छन्। राष्ट्रिय सभाको बैठकमा भने आज…
काठमाडौं: नेपाल धितोपत्र बोर्डले ७ वटा धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ । पूर्वाधार तयार गरेर लाइसेन्सको लागि आवेदन दिएका ८मध्ये ७ कम्पनीले लाइसेन्स पाएको बोर्ड स्रोतले जनाएको छ । ‘बार्डमा आवेदन लिएका ८ कम्पनीको पूर्वाधारको निरीक्षणपछि आज बसेको बोर्ड सञ्चालक समिति बैठकले ७ कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो,’ बोर्ड स्रोतले भन्यो । लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो…
काठमाडौं: अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई-तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन,’ उनले भने, ‘साथमा रेनकोट वा छाता बोकेर हिँड्दा राम्रो ।’ उनका अनुसार आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ । आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका…
काठमाडौं : अन्तत: ५५ दिन लामो अनुसन्धान र पक्राउ काण्डपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन फाइल प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। लामो अनुसन्धानपछि रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला प्रहरी परिसर बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य १६ जना प्रतिवादी बनाएर फाइल बुझाइएको हो। ‘भर्खर फाइल आएको छ। हामी बुझ्दैछौं,’ सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता अच्युत न्यौपानेले भने। चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। वैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न चारवटा भन्दा बढी मुद्दामा अदालत लैजाने रायसहितको प्रतिवेदन बुझाएको हो।…