Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरूद्धको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन्। सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो। घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो। आफूहरूले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएको र स्थगित पनि भएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए। जिल्ला अदालत काडमाडौंले पनि प्रतिवादीका कानुन व्यवसायीले मुद्दा हटाएको जनाएको छ। अर्को पेशी कहिलेलाई तोकिन्छ भन्नेबारे दिउँसो ४ बजेपछि मात्र थाहा हुने अधिवक्ता सापकोटाले बताए। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा…

Read More

काठमाडौँ:भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव प्रसाद दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरेको हो।उनीहरुले ८१ जनालाई यसरी ठगी गरेको आरोप छ। तर अहिलेसम्म दुई जना मात्रै पीडित सम्पर्कमा आएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए। उनीहरुले कोहीसँग १५ लाख र कोहीसँग २५ लाख गरी ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको पीडितले बताएका छन्।घटना विवरण:काठमाण्डौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन…

Read More

काठमाडौँ, १३ चैत:मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो ।

Read More

गण्डकी, १३ चैत (रासस):गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । –––

Read More

काठमाडौँ, १३ चैत: सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

Read More

भक्तपुर, १३ चैत (रासस): प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ । टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी…

Read More

काठमाडौँ, १३ चैत:सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Read More

काठमाडौँ, १३ चैत:सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । –––

Read More

काठमाडौँ ,१३ चैत (रासस )नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उहाँ उत्तिकै क्रियाशील हुनुहुन्छ । उहाँले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा सेवा पु¥याँदै आउनु भएको छ । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटु रोग विधामा विशेषज्ञता हासिल गर्नुभएका उहाँले देशका कुनाकन्दारामा पुगेर मुटु रोग उपचार सेवा पु¥याउनुभएको छ । जीवन र सङ्घर्षलाई नङ र मासुजस्तै परिपूरक ठान्नु हुने उहाँ कामको अनुभव विश्वविद्यालयमा पढेर…

Read More

काठमाडौँ: धनुषाको विदेह नगरपालिका-६, तिनकौरिया स्थित श्री जनता नमूना प्राविधिक माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । कृषि विकास बैंक मधेश प्रदेश कार्यालयको आयोजनामा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । ग्लोबल मनी सप्ताहको अवसरमा बैंकद्वारा धनुषाको विदेह नगरपालिका-६ मा आयोजित कार्यक्रममा जनता नमूना माध्यमिक विद्यालयमा विभिन्न संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, शिक्षक, आसपासका अभिभावक, कृषक समूहका सदस्यहरु, आमा समूहका महिलाहरु लगायतको सहभागिता रहेको कृषि विकास बैंक मधेश प्रदेश कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिनुभयो । करिब ७५ जनाको सहभागिता रहेको कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले प्रशिक्षण गर्नुभएको थियो । कृषि विकास बैंक, मधेश प्रदेश…

Read More