Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » रास्वपाले समर्थन फिर्ता लिँदा पनि सुविधाजनक बहुमतमा प्रम प्रचण्ड

    रास्वपाले समर्थन फिर्ता लिँदा पनि सुविधाजनक बहुमतमा प्रम प्रचण्ड

    पहिलोक्लिकपहिलोक्लिकMay 6, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको समर्थन फिर्ता लिएसँगै पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको भविष्यमाथि प्रश्न उठ्न थालेको छ।

    रास्वपाको शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

    रास्वपाले समर्थन फिर्ता लिएसँगै सरकारको भविष्यमाथि प्रश्न उठेपनि प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधि सभामा बहुमत भने गुमाइहालेको छैन।

    यसअघि प्रधानमन्त्री प्रचण्डले ६ चैत्रमा विश्वासको मत लिएका थिए। त्यो बेला उनलाई प्रतिनिधि सभाका १ सय ७२ सदस्यको समर्थन थियो।

    त्यो बेला एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) ले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरेका थिए। विपक्षमा मतदान गर्ने सांसदको संख्या ८९ थियो।

    प्रचण्डलाई विश्वासको मत दिने दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी (जसपा), एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु थिए।

    ६ चैत्रमा प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा प्रतिनिधि सभामा रास्वपाका १९ सांसद थिए। उपनिर्वाचनपछि उसको संख्या २१ पुगेको छ।

    रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि ६ चैत्रमा सरकारलाई विश्वासको मत दिएका अन्य दल र स्वतन्त्र सांसदहरुले समर्थन फिर्ता लिएका छैनन्।

    त्यसैले, रास्वपाको पछिल्लो निर्णयका बाबजुद प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्ड बहुमतको स्थितिमा छन्।

    हाल प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, आम जनता पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ सांसद छन्।

    यी सबै सांसदहरुको संख्या जोड्दा १ सय ५६ हुन आउछ। अमरेशकुमार सिंह लगायतका स्वतन्त्र सांसदको समर्थनपनि अहिलेसम्म सरकारलाई छ।

    यस हिसाबले अहिलेसम्म प्रधानमन्त्री प्रचण्ड सुरक्षित स्थितिमा नै छन्। अझै उनको पक्षमा बहुमतको स्थिति रहेकाले उनले विश्वासको मत लिनुपर्ने स्थिति देखिदैन।

    तर, प्रतिनिधि सभाका थप १८ जना सदस्यको समेत विश्वास सरकारले गुमायो भने चाहीँ प्रधानमन्त्री प्रचण्ड असुरक्षित हुनेछन्। त्यो बेला उनले विश्वासको मत लिनुपर्ने हुन्छ।

    किनकी, प्रधानमन्त्री पदमा रहिरहन प्रतिनिधि सभाको कायम रहेको संख्याको सामान्य बहुमत आवस्यक पर्छ। यो संख्या भनेको कम्तिमा १ सय ३८ हो।

    तर, कांग्रेस (८७), माओवादी (३२), जसपा (१२), एकिकृत समाजवादी (१०), लोसपा (४), नागरिक उन्मुक्ति पार्टी (४) अहिले सरकारमा सामेल छन्। प्रतिनिधिसभामा उनीहरूको कूल सदस्य संख्या १ सय ४९ छ।

    यस हिसाबले प्रधानमन्त्री प्रचण्ड अहिलेसम्म सुविधाजनक बहुमतको स्थितिमा देखिन्छन्।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.