Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, ८ जेठ (रासस) :नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ । सञ्चयकोषले यसअघि माथिल्लो तामाकोशी, साञ्जेन, रसुवागढी, मध्यभोटेकोशी जस्ता आयोजना लगानी गरिसकेको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९ दशमलव आठ मेगावाट क्षमताको आयोजनामा कोषले रु १३ अर्ब ७४ करोड बराबरको लगानी गर्ने भएको हो । निर्माण अवधिको ब्याजसहित रु २१ अर्ब १४ करोड बराबरको अनुमानित लागत रहेको आयोजनामा कोषले एकलरुपमा नै लगानी गर्न लागेको हो ।

Read More

काठमाडौँ:नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानको प्रतिवेदन प्रहरीले आज (सोमबार) सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ। प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिवेदन प्रतिवेदन हिजै (आइतबार) बुझाउने तयारी गरे पनि नभ्याएकाले आज बुझाउने भएको हो। प्रहरीले आगामी शुक्रबारसम्म यो मुद्दा सरकारी वकिलमार्फत अदालत पुर्‍याइसक्नुपर्नेछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। अहिले उनीहरू प्रहरी हिरासतमा छन्।

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाँणलाई सांसद मञ्जु खाणले भेटेकी छन् । उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनी पति खाण पक्राउ परेको बाह्रौं दिन मात्र सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् । प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान…

Read More

दाङ: दाङमा आज (शुक्रबार) बिहान सब दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ, ११ यात्रु घाइते भएका छन्। लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा आपसमा ठोक्किएका हुन्। दुर्घटनामा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (दाङ) का प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए। बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो। बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन्। घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा…

Read More

काठमाडौँ सरकारको वार्षिक नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसद्‌का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यलाई उपस्थितिका लागि आह्वान गर्न सकिने व्यवस्था छ। सोबमोजिम आज राष्ट्रपति पौडेलले संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि आजै…

Read More

काठमाडौं: निजी क्षेत्रले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान दिएको एक अध्ययनले देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ नामक अध्ययनले उक्त तथ्यांक यकिन गरेको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदानबारे पहिलोपटक अध्ययन भएर आँकडा सार्वजनिक गरिएको बताए। ‘यो अध्ययनले नेपालमा निजी क्षेत्रको योगदान के रहेछ भन्ने देखाएको छ। जसका कारण निजी क्षेत्रमैत्री नीति र व्यवहार गर्न सरकारलगायत सरोकारवालाहरुलाई मार्ग देखाएको छ। निजी क्षेत्रबिना देशको विकास हुँदैन भन्ने यो गतिलो परिणाम हो,’ ढकालले भने। सार्वजनिक गरिएको यो अध्ययनले महत्त्वपूर्ण नतिजा दिएको भन्दै नेपालको रोजगारीमा निजी…

Read More

काठमाडौँ: सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिए । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८-७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन,…

Read More

काठमाडौं: नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परे । ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार मियाँ मोबाइल अफ गरेर बसे पनि सचिवालयबाट विभिन्न कागजपत्रहरुले सूचना केही दिन अघि आएको थियो । ‘केही नजिकका कर्मचारीलाई कागज पत्र मागेर हस्ताक्षर गर्दै पठाउने गरेको पाइएपछि गोप्य निगरानी बढाएका थियौं’, एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसक्रममा…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले भने, ‘सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउन चाहान्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ ।’ उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा…

Read More

काठमाडौँ:प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्यदोषी ठहरिएका चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका हुन्। ‘रेशम चौधरीको विषयमा अध्यदेश ल्याएर छुटाउने प्रयास हामीले गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो फैसाला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो,’ प्रधानमन्त्रीले भने, ‘र, अहिले टुंगिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा निकै गम्भीर छ। मलाई विश्वास छ यसको छिटै एउटा टुंगोमा हामी पुग्ने छौँ।’ सर्वोच्च अदालतको आदेशका कारण…

Read More