Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ । केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ ।

Read More

त्रिशूली, २९ वैशाख (रासस) :नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो । जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोधका रुपमा रहेको दोर्खुखोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो । “विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउने छौँ ।” तादी गाउँपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्मको…

Read More

काठमाडौँ: नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा वैशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्स्टिच्युट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित ‘नेपाल बिजनेस समिट–२०८०’ १९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ। घोषणाहरूको नीतिगत रुपमा सम्बोधनका लागि तत्काल पहल गर्न नेपाल सरकार तथा मातहतका निकायहसमक्ष सम्मेलनमार्फत आह्वान गरिएको छ। आवश्यक सहजीकरण, समन्वय तथा सहकार्यसहित व्यवहारिक एवं प्रभावकारी कार्यान्वनयका लागि एकाकार भई रचनात्मक एवं सिर्जनात्मक भूमिका निर्वाह गर्न सरोकारवाला सम्पूर्ण पक्षहरुमा सम्मेलनमार्फत आग्रह गरिएको छ। विश्व अर्थतन्त्र नै सुस्ताएको अर्थात् मन्दितर्फ उन्मूख भइरहेको वर्तमान अवस्थामा नेपाली अर्थव्यवस्था…

Read More

काठमाडौं: नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ ।

Read More

काठमाडौं: नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ। बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले बैठकमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा अदालतको फैसला कुर्ने बताए । उनले पक्राउ पर्नेवित्तिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।

Read More

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन्। छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षीय विकास साझेदारको उपस्थिति थियो। यस्तै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्वीजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्वपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको अर्थ मन्त्रालयले जनाएको छ। छलफलका क्रममा अर्थमन्त्री डा. महतले नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्गदर्शन, सिद्धान्तका विषयमा धारणा राखेका छन्। उनले सरकारले उपलब्ध साधन र स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल सरकारको ऋण…

Read More

काठमाडौं: हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा सामान्य हावा हुरीको सम्भावना रहेको छ। राति देशभर मौसम सामान्यतया सफा रहने छ।

Read More

काठमाडौं: पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो । आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । २०७८ साल फागुन ६ देखि सञ्चालनमा…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । शोधानान्तर बचतमा उल्लेखीय सुधार आएको छ भने चालु खाता घाटा समेत कम हुँदै गएको छ । पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा भएको बढोत्तरीले विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हो। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्। स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ। आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ। महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्। अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन्।

Read More