Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आफ्नो कसिलो बलिङ प्रदर्शनी गर्दै कतारलाई ६८ रनले पराजित गरेको छ। आज जितमा सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिंदै नेपाललाकाठमाडौँ: जारी एसीसी प्रिमियर कप क्रिकेटको अन्तिम चरणको खेलमा नेपालले ई समूह चरणमा अपराजित रहन नायक साबित भए। नेपालले पेश गरेको १५८ रनको लक्ष कतारले २५। १ ओभरमा सबै विकेट गुमाउंदै मात्रै ८९ रन बनाउन सक्यो।

Read More

काठमाडौँ:काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ। बिहीबार महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको हो। केही समयअघि महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो। ‘महानगरले त्यस्ता पम्प सुरक्षा दृष्टिले जोखिमयुक्त भएकाले कारबाही गरेको हो’, उनले भने। महानगरले झन्डै ६ वर्षअघि पेट्रोल पम्पको सर्वेक्षण गर्दा काठमाडौंमा १ सय २३ वटा पम्प थिए। जसमध्ये ६७ वटा महानगरभित्र थिए। त्यसमध्ये पनि झन्डै १० वटा पम्प जोखिमपूर्ण अवस्थामा भएका कारणले आज कोत:धुकु आयल स्टोरबाट काम सुरू…

Read More

काठमाडौँ:यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ। बिहीबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक पर्ने छैन। त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य…

Read More

काठमाडौँ:एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ। सुरुवातमा खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो। नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के। ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल…

Read More

दाङ: तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागू गरेका हौँ ।” तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन् । किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा…

Read More

काठमाडौं: प्रतिनिधिसभाले टुंगो नलगाउँदै राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व रहने संयुक्त समिति मध्येको संसदीय सुनुवाइ समितिमा १५ सदस्यमध्ये तीन सदस्य राष्ट्रियसभाबाट हुने व्यवस्था छ । त्यसका लागि राष्ट्रियसभाले आज नाम टुंग्याएको हो । राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको थिए । अध्यक्षले प्रस्ताव गरेका एमालेका देवेन्द्र दाहाल, कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रका जगप्रसाद शर्माको नामलाई राष्ट्रियसभाले अनुमोदन गरेको छ । अब राष्ट्रियसभाका तर्फबाट यी तीनजना सदस्य रहन्छन् । बाँकी १२ जना प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्छन् । यसअघि सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको बैठकले संसदीय सुनुवाइ…

Read More

काठमाडौँ, १३ वैशाख:एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे । ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे…

Read More

काठमाडौँ, १३ वैशाख (रासस) :बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु¥याएको हो । यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो । “विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र…

Read More

काठमाडौँ: विश्व बैंकले निम्न तथा मध्यम आय भएका देशहरुलाई समृद्ध बनाउनका लागि उचित आप्रवासन नीतिको आवश्यकता रहेको जनाएको छ । विश्वव्यापी रुपमा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि भइरहेको छ । विकसीत देशहरुमा युवाको जनसङ्ख्या भन्दा धेरै ज्येष्ठ नागरिकको सङ्ख्या हुँदा ती देशहरुले लिएका दीर्घकालीन उद्देश्य परिपूर्तिका लागि वैदेशिक कामदारको आवश्यकता बढ्दै गएको छ ।विकसीत मुलुकमा युवाको सङ्ख्यामा कमी आउनु र विकासोन्मुख राष्ट्रहरुले युवाको क्षमता पहिचान गर्न नसक्दा बजारमा कामदारको अभाव र बेरोजगारी दर एकसाथ बढ्दै गएको छ । यी दुई समस्या निराकरणका लागि उपयुक्त आप्रवासन नीति निर्माण गर्नु आवश्यक रहेको विश्व बैंकले प्रस्टाएको छ । विकासोन्मुख राष्ट्रहरुमा विद्यमान रहेको बेरोजगारीको समस्या…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्। उपनिर्वाचनमा कांग्रेसले तनहुँ‍-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो। दुबै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा रूपान्तरणको जरूरी रहेको बताएका हुन्।

Read More