Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : फुटपाथ ओगटेर बनाएको भन्दै काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ। आज महानगर प्रहरीसहितको टोलीले बिट हटाएको हो। गत चैत २५ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका थिए। सर्वसाधारण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुलक कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले हटाउनुपर्ने उनले बताएका हुन्।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् । उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् । उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिए ।

Read More

काठमाडौँ:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति फ्लाई दुबईको जहाज उडेबित्तिकै देखिएको असामान्य अवस्थाबारे प्रतिक्रिया जनाएको छ। विमानस्थलका अनुसार फ्लाई दुबईको एफजेट५७६ (एफडीबी५७६)ले उडेलगत्तै यसबारे जानकारी गराएको थियो। सोलगत्तै विमानस्थल व्यवस्थापनले विमानस्थलको आकस्मिक व्यवस्थापन योजना र पद्धतिअनुसार आवश्यक सम्पूर्ण तयारी गरिएको थियो। पछि, उक्त विमानका पाइलटले समस्या समाधान भएको र गन्तव्यतर्फको उडानलाई निरन्तरता दिनलागेको जानकारी गराएका थिए। ‘यद्यपि विमानस्थलका एयर ट्रफिक कन्ट्रोलर (एटीसी)ले उक्त विमानका पाइलटलाई यदि उनीहरुले चाहेमा त्रिभुवन विमानस्थलमै अवतरण गराउन सक्ने जानकारी गराएका थिए’, विमानस्थलले भनेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा उक्त विमान उडेलगत्तै काठमाडौंको आकाशमा फन्को मार्ने क्रममा केही विस्फोट भएजस्तो झट्ट उज्यालो भएको देख्न सकिन्छ। तर…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अब समर्थन गरिरहुनको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्। चितवन क्षेत्र नम्बर २ मा विजयनजिक पुगिसकेका उनले मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। ‘हामी समग्र राष्ट्रकै उन्नतिका लागि काम गर्छौँ। अब गठबन्धन सरकारालई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ’, उनले भने, ‘जनताले बाहिरै रहेको हेर्न चाहेका पनि कुरा आएको छ। यसबीचमा हामी सरकारमा हुँदाको न्यूनतम् साझा कार्यक्रम पनि परिवर्तन भए।’ उनले आफूले २०४६ यताका भ्रष्टाचारका सबै फाइल खोल्न गरेको प्रस्तावसम्बन्धी बुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले हटाएको बताए। ‘हामीले सरकारमा हुँदा भ्रष्टाचाका फाइल छानबिन हुनुपर्छ भनेका थियौँ। तर भ्रष्टाचारका…

Read More

काठमाडौँ, १२ वैशाख (रासस) :धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । “धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बोर्डकाअनुसार कमोडिटिज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज…

Read More

चितवन, १२ वैशाख:चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो । विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो । चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार…

Read More

काठमाडौँ, १२ वैशाख (रासस):‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ । स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी…

Read More

काठमाडौं: प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद…

Read More

काठमाडौं: विद्युत र टेलिकमका पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिकाले अग्रसरता ‘लिड’ लिने भएको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमासमेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ । सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग,…

Read More

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको…

Read More