काठमाडौं: आन्दोलनरत लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयरको कर सम्बन्धमा सरकार लगानीकर्ताको पक्षमा रहेको बताएका छन्।
सरकारले बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरुको आम्दानीमा कर लगाउने व्यवस्था गरेको थियो। यो व्यवस्थाले सेयर बजार ओरालो लागेको थियो। लगानीकर्ताले पनि आन्दोलन थालेका थिए।
अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल थालिएको थियो। छलफलमा अर्थमन्त्री महत आफैं पनि उपस्थित भएका थिए।
उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको बताएका थिए। उनले कसैलाई पनि प्यानिक नहुन आग्रह गरेका छन्। मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कर नलाग्ने जनाएको हो।

