Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, ६ वैशाख (रासस) :एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख…

Read More

काठमाडौँ, ६ वैशाख (रासस) :नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि रु एक खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि रु २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ…

Read More

काठमाडौँ: विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको हो । बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए । उक्त समयमा उडान रहेका यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्ने विमानस्थलले अनुरोध गरेको छ ।

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघ कोशी प्रदेशले बिना सूचना पटक पटक हुँदै आएको विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गरेको छ । विद्युत कटौतीका कारण कोशी प्रदेशमा रहेका उद्योगहरु समस्यामा परेको जानकारी गराउँदै परिसंघले नेपाल विद्युत प्राधिकरण प्रादेशिक निर्देशनालयमा निवेदन दिएको हो । पूर्व जानकारी बिना नै विद्युत कटौती हुँदा उद्योगको उत्पादन कार्यमा बाधा पुगेको परिसंघको ठहर छ । विद्युत आपूर्तिमा भएको अवरोधका कारण उद्योगमा काम गर्ने कामदारहरु बिना काम बस्नु परेको र प्रशोधनका प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुनगई उद्योगको लागत खर्चमा वृद्धि भएको गुनासो कोशी प्रदेशका उद्योगी व्यवसायीहरुको रहेको छ । पटक पटक हुँदै आएको विद्युत कटौतीका कारण उद्योग…

Read More

काठमाडौं: एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सन् २०२५ सम्म विद्युतमा पूर्णरुपमा आत्मनिर्भर हुने बताएका छन् । मंगलबार काठमाडौंमा उर्जा सम्मेलन २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको बताए । अहिले वर्षायाममा बिजुली खेर गए पनि हिउँदमा केही अंश आयात गर्नुपरेको उनले बताए । सन् २०२५ सम्म आत्मनिर्भर बनेपछि नेपालले हिउँदमा विद्युत आयात गर्नु नपर्ने र निर्यात गर्ने राष्ट्रको रुपमा गनिने प्रधानमन्त्रीको भनाइ छ । ‘नेपालमा बिजुलिमा लगानीको अथाह सम्भावना छ,लगानीको वातावरण पनि निकै राम्रो छ’ उनले भने, बिद्युतमा स्वेदशीले मात्रै नभएर विदेशी लगानीकर्ताले पनि लगानी गर्न सक्छन्, सरकारले कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि तयार…

Read More

काठमाडौं: एसीसी पुरुष प्रिमियर कप आजदेखि नेपालमा सुरु हुँदैछ। नेपालले आज मलेसियासँग खेल्दै छ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो। यो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। मलेसियासँग अहिलेसम्म खेलेका पाँच खेलमध्ये सबैमा नेपाल विजयी भएको छ। प्रतियोगितामा समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्। समूह बीमा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ। समूह बीको पहिलो खेलसमेत आज हुँदैछ। हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले गर्ने निर्यातमा थप नगद अनुदान दिन माग गरेको छ । परिसंघले अर्थतन्त्रमा हाल आएको उच्च संकुचनले उद्योगी व्यवसायीहरुलाई हतोत्साहित बनाएको भन्दै मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुलाई स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप एक प्रतिशत नगद अनुदान गर्न आग्रह गरेकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको उपस्थितीमा आइतबार राजधानीमा भएको स्वदेशी मिट एण्ड ग्रीट कार्यक्रममा स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले स्वदेशी उद्योगहरुको समस्या एवं प्रबद्र्धनका लागि चालिनुपर्ने नीतिगत विषयमा पेश गरिएको सुझावमा यस्तो माग गरिएको हो ।…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ। वित्तीय तरलताको स्थितिमा सुधार भएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ। कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ। समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको छ।” बैठकमा प्रधानमन्त्रीले…

Read More

काठमाडौँ: प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । भक्तपुरको बालकोषस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो । सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी…

Read More