Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ। जसमा २३ बुँदे आर्थिक नीति तथा कार्यक्रम समावेश छन्। सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा अहिलेको तरलता अभावको समस्या समाधान गर्ने विषयदेखि हालको बजेटरी प्रणाली समेत सुधार गर्ने बताएको छ। बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगत रूपमा पुनर्संरचना गर्ने विषय उल्लेख भएको छ। के–के छन् २३ बुँदामा? १. अर्थतन्त्रमा देखापरेको मन्दी, औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर बढ्दो व्यापारघाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन तथा पुँजी बजारमा आएको गिरावटलगायतका समस्यालाई आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गर्नुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकासनिर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ। तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ। अन्तरतह समन्वय गर्ने विषयमा अवश्य नै हामी पहल गर्नेछौं। बजेट कार्यान्वयनको…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचको लागि आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिको प्रयास गरेका छन्। वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका तीनै जनालाई राखेर ढकालले बुधबार सहमति प्रयास गरेका हुन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। जस अनुसार अघिल्लो पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाल अब अध्यक्ष बन्दै छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ टिम नै तयार गरेर चुनावी प्रचारप्रसारमा छन्। तर आगामी अध्यक्ष हुँदै गरेका ढकालले सहमतिको प्रयार गरेका हुन्। चन्द्र ढकालले हिमालयन होटलमा बोलाएर सहमतिको प्रयार गरेका छन्। चन्द्र ढकाल यो निर्वाचनमा कसैलाई समर्थन गर्ने भन्दा पनि मिलेर अघि बढ्नुपर्ने…

Read More

काठमाडौँ:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ हजार अमेरिकी डलरसहित शंकास्पद ११ जना नेपाली पक्राउ परेका छन्। फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेको अवस्थामा विमानस्थल प्रहरीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। विमानस्थल प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाई रोमानिया र क्रोएसिया जान लागेका थिए। विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा नरहेको र उनीहरूको यात्रा शंकास्पद देखिएकाले पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे, बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन,…

Read More

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए । यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत…

Read More

काठमाडौँ: सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख १० हजार २ सय र तेजाबी सुन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन सुन एकै दिन २ हजार रुपैयाँ महँगो भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।

Read More

काठमाडौं: सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकबाट न्यूनतम साझा कार्यक्रम पारित गरिएको हो । गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितको मस्यौदा कार्यदल गठन गरिएको थियो । कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो । आजै संसद्को बैठकपछि साँझ ५ देखि साढे ५ बजे सिंहदरबारमा सार्वजनिक गरिनेछ । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समय ५ बजे भनिए पनि संसद्को बैठक कति समय चल्छ, त्यसका आधारमा…

Read More

काठमाडौँ: चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहने छ । काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा…

Read More

काठमाडौं: हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

काठमाडौँ: प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइने छ । चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारले चुनावी प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो। त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि…

Read More