Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्ड जस्ता कारोबार गैह्र कानुनी रहेको भन्दै त्यसमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी जस्ता कारोबार गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको हो । बैंकले सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै यस अघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते र २०७९ साउन ३० गते सार्वजनिक सूचना जारी गरेको समेत जनाएको छ । नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष दिनेश श्रेष्ठ झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तरगत विभिन्न भूमिकामा रहँदै आएका छन् । महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । अघिल्लो निर्वाचनमा शेखर गोल्छा तथा किशोर प्रधान समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका श्रेष्ठ यसपाली वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको समुहबाट चुनावी मैदानमा होमिएका छन् । साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले गरेका कामहरु नै विजयको प्रमुख आधार भएको श्रेष्ठ बताउँछन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ…

Read More

काठमाडौं: नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहींभित्र खपत गर्न क्षमता बृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनुभयो । ‘विद्युत्को आन्तरिक खपत क्षमता बृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात गर्नु पर्छ,’, मन्त्री बस्नेतले भन्नुभयो । ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायहरुसँग आवश्यक…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ । मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै आज बसेको निगम सञ्चालक समिति बैठकले…

Read More

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार नाकामा कडाइ गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा मन्त्रीद्वयले सीमा नाकामा कडाइ गर्न सुरक्षा निकाय र भन्सार प्रशासनका कर्मचारीलाई निर्देशन दिएका हुन् । भन्सार छलीका घटना बढेको भन्दै उद्योगी व्यवसायीले उजुरी गरेपछि अर्थमन्त्री महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका थिए । बैठकले भन्सार नाकाको चुहावट नियन्त्रण गर्ने, भन्सारभन्दा बाहिरको चुहावट नियन्त्रणका लागि सीमा नाकामा गस्ती बढाउने र आन्तरिक राजस्वको चुहावट नियन्त्रण गर्न बजार अनुगमनमा जोड दिने निर्णय गरेको छ । बैठकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश शाक्यले प्रस्तुति…

Read More

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग भएको छलफलमा यस्तो प्रतिबद्धता जनाएका हुन् । मन्त्री महतले अर्थतन्त्रलाई ठिक बाटोमा लैजान सेयर बजारको भूमिका महत्वपूर्ण हुने बताए । राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारमा प्रभाव पारेको उल्लेख गर्दै नीतिगत कुरालाई मध्येनजर गरेर अघि बढ्ने बताए । विभिन्न विषयमा राष्ट्र बैंकसँग छलफल भएको आगामी दिनमा पनि छलफल गर्दै जाने बताए । सेयर बजारमा धेरै जनसंख्या रहेकाे भन्दै उनीहरुको हितमा काम गर्ने बताए । डा. महतले लगानीकर्ताको सल्लाह सुझाव लिएर…

Read More

काठमाडौँ: वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

Read More

काठमाडौँ: ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगोलागी भएको छ। सोमबार बिहान ४ः४० बजे आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार तत्कालै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेका छन्। एउटा मारुती भ्यान र अन्य ६ वटा गाडी जलेको शाहले जानकारी दिए। घटनाबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको एसएसपी शाहले बताए।

Read More

काठमाडौँ: आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई आईतबार बधाई दिदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए । यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने उनले विश्वास व्यक्त गरे। ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन सीआरआर ३…

Read More