Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक सुरु भएको हो। हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो। सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन्। आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।
काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौँ: वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिफोनमार्फत स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो। स्वास्थ्य समस्या पहिचान गरी समाधान उपायबारे जानकारी दिने उद्देश्यले यो सेवा सुरू गरिएको छ। चिकित्सकहरूले नै स्वास्थ्य परामर्श सेवा दिनेछन्। आज बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरू गर्न लागिएको हो। वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा उपलब्ध गराइने बताए। ‘नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर यो सेवा सुरू गर्न लागिएको हो। जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन…
काठमाडौँ: सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली बनाएको छ। गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरिएको हो। गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगासहितको वार्ता टोली गठन गरिएको स्रोतले नेपालखबरलाई जानकारी दियो। सो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन्। लगत्तै प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ। बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको माग सम्बोधन गर्नेगरी प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुकी नै सरकारी अधिकारी…
काठमाडौं: सुनको मूल्य दुई दिनयता क्रमिक रुपमा घट्न थालेको छ। मंगलबार अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ।सोमबार सुन तोलामा २ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ रहेको थियो। अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९५७.२२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.९७ डलरमा…
काठमाडौँ: सत्ता गठबन्धनको बैठक बेलुका ४ बजे बस्दैछ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। उक्त भेटले आज गठबन्धनको बैठक बोलाउने निर्णय गरेको थियो। १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। त्यसअघि गठबन्धनसम्बद्ध दलहरूको आन्तरिक बैठक बस्नेछ। सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका…
काठमाडौँ: सरकारले सुनचाँदी ब्यवसायलाई उद्योगकोरुपमा अगाडि बढाउन सकिने भन्दै त्यसकालागि स्वदेशी ज्ञान र शीपको विकास गर्न ब्यवसायीहरुलाई आग्रह गरेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शोमबार गएको महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले यस्तो धारणा ब्यक्त गरेका हुन् । सचिव ज्ञवालीले सुनचाँदी ब्यवसायको क्षेत्रमा धेरै संभावनाहरु रहेको औंल्याउँदै त्यसको उजागर गर्न स्वयं ब्यवसायीहरु लागि पर्नुपर्ने खाँचो समेत औंल्याए । ब्यवसायहिरु सँगको भेटका क्रममा सचिव त्रवालीले भने ‘यो ब्यवसायलाई एउटा प्रभावकारी स्वदेशी उद्योगको रुपमा विकास गर्दै लैजानुस्,’ उनले भने ‘यसकालाग सरकारले कहाँ के गर्नु पर्ने हो त्यो गर्न हामी…
काठमाडौँ: नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), र अन्तर–क्षेत्रीय सम्बन्ध र नेटवर्कहरूमा महिलाहरूलाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने सुझाव सम्मेलनको छ । महिलाको स्वतन्त्रता वित्तीय पहुँचसँग जोडिएको छ । महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपलाई अनुकूलन गर्न सक्ने सुनिश्चित गर्न कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत सरकारलाई दिइएको छ । लघु, साना र मझौला उद्यमहरूमा महिलाहरूको लागि हालको…
काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध प्रदर्शन गरिएको छ। संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरूद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो। आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए। उनले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झूटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्। प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।सन्दीप लामिछानेविरुद्धको…