Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो । पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा…

Read More

काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट…

Read More

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् । राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई,आशाराम चौधरी,चन्द्र कुमार घुण्डे गुरुङ,श्रीमती राज्य लक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा,राम पदारथ शाह, बिरेन्द्र लाल कण, नारायण राउत रहेका छन् । यस्तै राजीनामा दिनेमा जिल्ला तहका नेताहरुमा इन्द्र बहादुर तामाङ्ग,राज कुमार भट्टराई,डम्बर बहादुर राई, माधव पौडेल, अर्जुन विक्रम थापा,हरेन्द्र प्रसाद यादव,रुप नारायण यादव,भिखारी लाल यादव र भिखारी लाल यादव रहेको छन् । धनकुटा…

Read More

काभ्रेपलाञ्चोक: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भने । सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गरे, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल…

Read More

काठमाडौं: सरकारले काठमाडौं उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गर्ने भएको छ । लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या बढेपछि कोरोनाको सम्भावित जोखिम रोक्न सीमा नाकामै परीक्षणको व्यवस्था गर्न लागिएको हो । उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिनेहरुको नाकामै कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै दुई नाकाबाट उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण आइतबारबाटै शुरु गर्ने जानकारी दिए । घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।

Read More

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला भनाइलाई खण्डन गर्दै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जवाफ दिएका छन्। शनिबार फेसबुकमा लेखेका सल्लाहकार थापाले विपक्षी दलका नेताको कुनै गुनासो र हिनता प्रकट नहुने र सत्ताधारी दलभित्रै किन उछिनपाछिनको होडबाजी चलिरहेको छ भन्ने पनि प्रश्न गरेका छन्। ‘यो मपाइत्व प्रदर्शन किन? तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन,’ थापाको प्रश्न छ। प्रचण्डले शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा सबैको योगदान रहेको भन्दै कुनै व्यक्ति वा विशेषको योगदान नरहेको बताएका थिए। ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो,…

Read More

शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्। चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्। उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् भने आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्। शनिबार कोरोना निको भएर एक सय ६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ। कोरोनाबाट नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ।

Read More

काठमाडौँ, १० साउन (रासस) : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट…

Read More

ललितपुर, १० साउन (रासस) : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उहाँलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो । उहाँलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव विनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो…

Read More

काठमाडौं: सनराइज बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारीबीचको बिबाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। राष्ट्र बैंक नियम विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सनराइजका सञ्चालक समिति र प्रमुख कार्यकारीलाई आइतबार दिउँसो ११ बजे डाकेका छन्। बिहीबारको सञ्चालक समिति बैठकमा लफडा भएपछि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको राजीनामाको कुरा उठेको थियो। शुक्रबार सञ्चालक समितिले तीन कार्य दिनभित्र लिखित जबाफ दिन भन्दै पौडेलसँग स्पष्टीकरण सोधेको छ। काम गर्न नसकेको, सञ्चालक समितिलाई नटेरेको जस्ता ६ वटा आरोप लगाएर स्पष्टीकरण सोधिएको छ।

Read More