Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बाढीले अवरूद्ध पृथ्वी राजमार्ग तत्काल नखुल्ने भएपछि हेलिकप्टरबाट बिरामीलाई उद्धार गरिएको छ। धादिङ र चितवनको सीमाना मौवाखोलाबाट मंगलबार बिरामीलाई काठमाडौं ल्याइएको हो। ती बिरामी सोमबार बिहानदेखि मौवाखोला नजिक सडकमै थिए। मंगलबारको बाढीले मौवाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएपछि सडक अवरूद्ध छ। ‘सिम्रिक एयरबाट बिरामीको उद्धार गरी काठमाडौं लगिएको छ,’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  भने। ती बिरामी गोरखा पालुङटारका हुन्। पृथ्वी राजमार्गमा खसेको पहिरोका कारण सडकमार्गबाट काठमाडौं आउन तत्काल सम्भव नभएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज दुइटा हेलिकप्टरले उडान अनुमतिका लागि सिफारिस मागेको जानकारी दिए। ‘राजमार्गमा रोकिएका बिरामीहरू…

Read More

काठमाडौं: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर रु एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । बैंकिङ २०.७५, विकास बैंक १३.०३, जलविद्युत् २१.४५, वित्त ६.२, निर्जीवन बीमा ३१.१८, अन्य ३.८, लघुवित्त ७.०२…

Read More

काठमाडौं: भारी वर्षाका कारण देशभरका साना-ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाढी पहिरो जादा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् । नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलिब्रेज नदीले बगाउने लगायतका समस्याका कारण अहिले विभिन्न सडकहरु अवरुद्ध भएको सडक विभागले जनाएको छ । यद्यपी अवरुद्ध भएका सडकको निरीक्षण भइरहेको र कतिपय सडकहरु अवरोध खुल्न लाग्ने अनुमानित समय वर्षामै निर्भर रहने विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले नेपालमा बिहीबारसम्मभारी वर्षा हुने पुर्वानुमान गरेको छ…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा थप ९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका ८ र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । २७ वटा प्रयोगशालामा ३९६३ जनाको पीसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो…

Read More

काठमाडौं: नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । २७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौं : सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि अर्को मंगलबारसम्मका लागि स्थगित भएको छ। आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही मिनेट बसेको बैठक मुलुकभर भइरहेको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित समस्याका कारण देखिउँदै १३ गतेसम्मको लागि स्थगित गरिएको नेताहरुले बताए। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। सोमबारदेखि जारी अविरल वर्षाले पारेको जनधनको क्षतिको लागि उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक एक हप्ताका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए। ‘बैठकले बाढी पहिरोको उद्धारमा जुट्ने प्रस्ताव पारित गर्‍यो,’ साहले भने, ‘बैठकमा प्रधानमन्त्री आउनुभएको थिएन।’ बैठकअघि…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् । स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको दावी गरे । नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प् रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै आएको छ । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।

Read More

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’ स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । लगत्तै ओली र प्रचण्डसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसको भोलिपल्ट प्रचण्डले पूर्व निर्धारित भेट नभई…

Read More

काठमाडौँ: सप्तकोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार भएको मानिने गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेकाले बुधबार विहानसम्म सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित…

Read More

दार्चुला : दार्चुलामा हिजो सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा परेर तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका(८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो । पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लक्ष्मीका छोरा सुभम बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमबहादुर बिष्टले जानकारी दिए । घाइते लक्ष्मीकी छोरी सोनियालाई…

Read More