Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए । लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे ।उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।
काठमाडौँ: नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश गरेकाे छ। १९ वर्ष पार गर्दा कम्पनीका २ कराेड १३ लाख प्रयाेगकर्ता पुगेका हुन्।१९औँ वार्षिक उत्सवमा सम्बोधन गर्दै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धनिर्देशक सुनिल पाैडेलले ७५ प्रतिशत जनसंख्यामा पुगेकाे बताएका छन्। पाैडेलले २ कराेड १३ लाख प्रयाेगकर्ता रहेकाेमा १ कराेड १५ लाख फाेरजी प्रयाेगकर्ता रहेकाे बताए। कर्मचारी युनियनका शंकर लामिछानेले ६० वर्षे उमेर हद बनाउनु उपयुक्त रहेकाे बताए। टेलिकमका अनुसार गत आवमा ४४ अर्ब आम्दानी गरेकाेमा ८ अर्ब खुद नाफा गरेको छ। अघिल्लाे आवमा २६ अर्ब राजस्व याेगदान गरेकाे थियाे भने अहिले त्याेभन्दा बढी हुने प्रबन्धनिर्देशक पाैडेलले बताए। ७३९ स्थानीय तहमा फाेरजी एलटी पुगेकाे…
काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ। कांग्रेस संसदीय दल कार्यसमिति बैठकले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। ‘संसदीय दल कार्यसमिति बैठक बस्यो। यो अघिको बैठकमा राष्ट्रियसभा उपाध्यक्षका विषयमा विपक्षी दलसँग सरसल्लाह गरेर अघि बढ्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘विपक्षमा रहेका अरु दलका नेताहरुसँग औपचारिक र अनौचारिक छलफल गर्यौं। छलफलमा अरु दलबाट पनि अपोजिसन बेन्चबाट उम्मेदवारी नदिने भन्ने कुरा आएको हुनाले हामीले अहिले उम्मेदवारी नदिने निर्णय गर्यौं।’
काठमाडौँ: सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए। प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्। नागरिकता प्रकरणमा सांसद र गृह मन्त्री गुमाएका लामिछाने फेरि गृहमै फर्किन चाहेका छन्। तर प्रचण्डले भने गृह दिन चाहेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीको…
काठमाडौँ: सुनको भाउ आइतबार एकैदिन तोलामा २ हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाल सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार सुन एकेदिा बिहीबारको रेकर्ड मूल्य १ लाख ७ हजार ५०० रुपैयाँबाट एकैदिन १ हजार ४०० रुपैयाँले घटेको थियो । उक्त दिन छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भएो थियो । माघ १९ गते बिहीबार भने एकैदिन १ हजार ७०० रुपैयाँले बढेर…
काठमाडौँ: शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको शेयर थप गरि सर्वसाधारणमा निष्काशन गरेको हो। सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार…
बेनी: यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो। बेनी: वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताए। “यो समयमा गत वर्ष तीनपटकसम्म हिमपात भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षासमेत गत कात्तिक महिनायता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उनले भने। यस वर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको…
काठमाडौं: नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको आइतबार बिहान ८ बजे निधन भएको छ। ९५ वर्षको उमेरमा राणाको निधन भएको हो। नेपालमा नेपाली रुपैयाँको चलनचल्ती बढाउनका लागि सरकारले राणाको नेतृत्वमा नेपाल राष्ट्र बैंक स्थापना गरेको थियो। नेपाल राष्ट्र बैंकको स्थापनापछि बिस्तारै नेपालमा नेपाली नोट प्रचलनमा आउन थाल्यो। नभए भारु नोट नै चलनचल्तीमा थियो। राणा लामो समयदेखि बिरामी थिए। उनी केही समयदेखि राजधानीको नर्भिक अस्पतालमा उपचाररत थिए। उनको आज बिहान साढे ११ बजे अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। राणाका दुई छोरा र दुई छोरी छन्। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा स्वर्गीय राणाका छोरा हुन्। स्वर्गीय…
काठमाडौँ: नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । आज मन्त्रालयमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराए । उनले नेपालको हवाई भाडा अत्यन्त महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकहरु आउन नसकिरहेको बताए । उनले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय…
काठमाडौँ: क्रिकेटर सन्दीप लामिछाने विरुद्धको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी दिएको आदेश उच्च अदालत पाटनले उल्टाइदिएको थियो । सन्दीपसँग २० लाख धरौटी माग गरी देश छाड्न नपाउने गरी उच्च अदालत पाटनले गत पुस २८ गते तारेखमा छाड्ने आदेश गरेको थियो । सन्दीपलाई के कति आधारमा धरौटीमा छाड्ने आदेश दिइएको हो भन्दै उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन माग गर्ने गरी सर्वोच्चले आदेश गरेको हो । तर १० वर्षभन्दा…
