Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिधिसभाको उपसभामुखमा दुईजना महिला सांसद भिड्ने भएका छन्। संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सत्ता साझेदार दलबाट इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्। उनको उम्मेदवारीमा रास्वपा सांसद सोविता गौतम प्रस्तावक बसेकी छन्। यसअघि सोबिता उपसभामुखको उम्मेदवार बन्ने चर्चा थियो। तर रास्वपा सभापति रवि लामिछानेले रानामगरलाई उपसभामुखमा उठाउने निर्णय लिए। उनलाई सत्ता साझेदार दलका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन्। चर्चित सामाजिक अभियन्तासमेत रहेकी…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो । नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिडयता कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरको अध्यक्षतामा गएको संघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले चीनबाट नेपालमा अधिक संख्यामा पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्ध विस्तार सरकारको प्राथमिकतामा रहेको बताए । कोभिड महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको उल्लेख गर्दै त्यसबाट नेपालले लाभ लिनसक्ने वातावरण निर्माणका लागि पहल गर्ने उनको भनाई छ । भेटमा संघको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएको…

Read More

काठमाडौँ: अर्थतन्त्रका सुचकहरु सकारात्मक उन्मूख देखिएपछि केन्द्रीय बैंकले आयातमा गरेको नगद मार्जिनको व्यवस्था हटाएको छ । अर्थतन्त्रको बाह्य अवस्थामा दबाब परेपछी राष्ट्र बैंकले करिब १३ महिना अघि लगाएको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो। नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि आयात नियन्त्रण गर्न नगद मार्जिनको वयवस्था गरेको थियो । त्यतीमात्र नभई सरकारले नै गत बैंशाख देखि मंसिरसम्ममा महंगा तथा विलासी बस्तुहरुको आयात नै रोक लगाएको थियो । आयातमा रोक र नगद मार्जिनको व्यवस्थाले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव परेको छ । त्यसका साथै चालु आर्थिक वर्ष सुरु भएपछि शोधनान्तर स्थिती समेत सकारात्मक देखिएपछि केन्द्रीय बैंकले…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादन लगायत अन्य लघु उद्ययमहरु गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन…

Read More

काठमाडौँ सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त मापदण्ड अगाडि सार्नुभएको छ । अर्थ मन्त्रालयको मापदण्डानुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ । यस्तै, दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेरिनेछ । अति आवश्यकदेखि बाहेक थोरै…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिनुभएको थियो । एक जनाले मत दिनुभएन । मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गर्नुभएकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयोे । घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको जनाएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ९.२३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो । चालू आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत बिक्री भएको छ…

Read More

काठमाडौँ: प्रतिनिधिसभाका सभामुख पदका लागि आज मतदान हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ। सभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्। घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन्। न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन्। आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यसलगत्तै उम्मेदवारीको…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् । नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताए । ‘मैले उहाँलाई उपचार गर्न थालेको १०/१२ वर्ष नै भइसक्यो । उहाँले बीचमा बाहिर उपचार गर्नुभयो । पछिल्लो समय कलेजो कमजोर देखिएको छ । जसले गर्दा अस्ति रोल्पाबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको छ’ शर्माले भने, ‘मेडिकल उपचार बाहिर र यहाँ एउटै…

Read More