Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन्। बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ। संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।

Read More

काठमाडौँ: सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ। एक मात्र उम्मेदवार भएकाे अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित…

Read More

काठमाडौँ: धितोपत्र दलाल व्यवसायीहरु सनी सेक्यूरिटिज कम्पनी लिमिटेड, इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालि र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड कारवाहीमा परेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा विवरण पेश नगर्ने तीन धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाही गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली बमोजिम नियामक निकाय नेपाल धितोपत्र बोर्डले नगद जरीवाना गरेको जनाएको छ । बोर्डका सहायक प्रवक्ता तेज प्रसाद देवकोटाले इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालि र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेडलाई ७५ हजार रुपैयाँका दरले तथा सनी सेक्यूरिटिजलाई १० हजार रुपैयाँ नगद जरिवाना गरिएको जानकारी दिए । धितोपत्र दलाल व्यवसायीहरु…

Read More

काठमाडौँ: नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार अन्तिम सुनुवाइ गर्दै शाहविरुद्ध लगाइएको आरोपमा दाबी नपुगेको ठहर गरेको हो। यसअघि नै पीडित भनिएको नाबालिग र जाहेरवालाले नै अदालतमा बलात्कारको आरोप झुटो भएको बयान दिइसकेका थिए।फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने अदालतले जनाएको छ।

Read More

काठमाडौं: हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ । चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ…

Read More

काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ३३ अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनमा करेक्सन भएको नेप्सेमा यस दिन भने सुधार भएको हो। यस दिन नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको बजारमा यस दिन २५० स्टकको ६३ हजार ४३० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १८…

Read More

काठमाडौं: नवनियुक्त उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले मन्त्रालय पुगी जिम्मेवारी सम्हालेका छन्। मंगलबार सपथ लिएका मन्त्री लिङ्देन सपथलगत्तै पशुपतिनाथको दर्शन गर्न पुगेका थिए। त्यहाँबाट उनी पदीय जिम्मेवारी सम्हाल्न मन्त्रालय पुगेका हुन्। उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ५ वर्षे रणनीति बनाउन सात सदस्यीय कमिटी बनाउने निर्णयमा हस्ताक्षर गरेर जिम्मेवारी सम्हालेका हुन्। कमिटीको संयोजक ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल रहने छन्। ‘कामहरुको बारेमा बिगतको अनुभवलाई समेत हेरेर योजनाबद्ध ढंगले काम गर्नुपर्छ। आगामी ५ वर्षमा के-के कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने भनेर कार्यदल बनाउन लागेका हौं। योजनाबद्ध ढंगले काम गरे मात्र ठोस नतिजा पाउन सकिन्छ,’ मन्त्री लिङ्देनले भने। उनका…

Read More

जनकपुरधाम: मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ५४ मत आवश्यक पर्छ । सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए । धनुषा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगीलाल रायले २९ मत प्राप्त गरे ।…

Read More

काठमाडौँ: नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्। उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्। नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित छ जना मन्त्री बनेका छन्। त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्। शपथ लिएका मन्त्रीहरुएमालेबाट१. विमला राई पौडेल-परराष्ट्रमन्त्री२. पदम गिरी-स्वास्थ्य मन्त्रालय३. भगवती चौधरी-महिला बालबालिका४. हरि उप्रेती-रक्षा मन्त्रालय माओवादीबाट१. रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि२. सुदन किराती-संस्कृति तथा पर्यटन३. अमनलाल मोदी-सामान्य प्रशासन४. सुशिला श्रीपाली-पर्यटन राज्यमन्त्री रास्वपाबाट१. डोलप्रसाद…

Read More