Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति दिइएको हो । दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ । हाल यो…
काठमाडौँ: मंगलबार ४६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार सात हजार ११५ पीसीआर परीक्षणमध्ये ४२२ जनामा र तीन हजार १७२ एन्टिजेन परीक्षणमध्ये ४७ जनामा संक्रमण पाइएको हो । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९९ जना, ललितपुरका ३६ जना र भक्तपुरका ५ जना छन्। यसरी मंगलबार उपत्यकाका १४० जना कोभिड १९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लाे एक दिनमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ रहेको छ । सोहि अवधिमा कोरोना निको भएर डिस्चार्ज हुने ५५५ जना छन् । हाल देशभरमा ९ हजार १७४ जना सक्रिय संक्रमित छन् ।
काठमाडौं: कृषि विकास बैंकको सञ्चालक समितिको संचालक सदस्यमा प्रकाशकुमार सञ्जेल मनोनयन भएका छन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य संञ्जेललाई संचालक समिति बैठकका अध्यक्ष रमेश कुमार के.सी.ले सपथ ग्रहण गराएका हुन् ।
काठमाडौँ: तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुका लागि मुख्य चार स्थानमा सरकारले आज (मंगलबार) देखि कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो। बिहान साढे ७ बजेदेखि सुरु खोप लगाउने क्रम अपराह्न ४ बजेसम्म जारी रहनेछ। यो अभियान भोलि (बुधबार) सम्म जारी रहने मन्त्रालयले जनाएको छ। खोप लगाउन यात्रुले उमेर खुल्ने परिचयपत्र देखाउनुपर्नेछ। अहिलेसम्म खोप नलगाएकालाई पहिलो र पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइनेछ। दोस्रो खोप लगाउने यात्रुले भने पहिलो मात्रा लगाएको खोप कार्ड देखाउनेपर्नेछ।
काठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश-१ को मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई दिउँसो १ बजेपछि मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ । राईले आजै चार सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी…
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन भएको छ। नेपाल बार एशोसिएशनका अधिवक्ताहरुले आज तेस्रो दिन पनि कालो पट्टी बाँधेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् । कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ता विरोध प्रदर्शनमा हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ।
कर्णाली: कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७:३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका हुन् ।…
काठमाडौँ: सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँड भएको छ । कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँडमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खाली भएको छ । जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ । कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँड कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९८६ वटा आवेदन रद्द भएको छ । उल्लेखित संख्याबाट १ लाख २३ हजार ८३० कित्ता शेयर माग भएको थियो । आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा…
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलियो नहुने बताएका छन । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन। निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । ‘उत्पादनमा केन्द्रित भएर मात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उनल भने, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’ मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि…
काठमाडौँ: सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ ।
